रामपुरकाे बिभिन्न ठाउँमा तीजगित प्रतियोगिता सम्पन्न

बाेलीखबर   १५ भाद्र २०७९, बुधबार १२:४४

पाल्पा । रजघरा बजार व्यवस्थापन समिति र रजघरा युथ क्लब को आयोजनामा भएको तिज महोत्सव तथा बेलूनफोर प्रतियोगिता सकिएको छ । तिजगित प्रतियोगितामा प्रथम रन्जु भट्टराईको समुह, दितीय कल्पना सिं ठकुरीकाे समुह, तृतीय रजघरा बजार व्यवस्थापन समिति ,तथा सान्त्वना लक्ष्मी आमा समुह, झुप्री आमा समुह,र सर्मिला पाेख्रेलकाे समुह भएका छन् ।

त्यस्तै हिजै भएको बेलूनफोर प्रतियोगितामा दुर्गा गुरुङ र सम्झना श्रेष्ठ प्रथम भएका छ । रजघरा बजार व्यवस्थापन समिती अध्यक्ष हरि पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनाल र रामपुर ३ का वडा अध्यक्ष दामोदर पाठकले तिजकाे अवसरमा गाइने भाकाहरु लोपोन्मुख हुन थालेकोले संरक्षणमा ध्यान दपन आग्रह गर्दै हरितालिका तिज पर्वको शुभकामना दिएका थिए । रजघरा बजार व्यवस्थापन समिति सदस्य धना पाठकको स्वागत बाट शुरु भएको कार्यक्रमको संचालन  सिर्जना घिमिरेले गरेका थिए । रजघरा बजार क्षेत्रमा नेवा समाज रामपुरले रजघरामा लाखे नाच समेत प्रदशन गरेको थियो ।

यता, रामपुर नगरपालिका-६, विजयपुरमा पनि २१ अ‌ौं तीजगित प्रतियोगिता सम्पन्न भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा विजयपुर बजार व्यवस्थापन समितिको आयोजनामा प्रतियोगिता भएको थियो ।

प्रतियोगितामा रामपुर ६ विजयपुरको स्मृति घिमिरेको समुह प्रथम, दामाचौर प्रगतिशिल अामा समूह चापाकोट ८ द्वितिय, गंगालाल माध्यमिक विद्यालय चापाकोट ९ सुन्तलीटारको समुह तृतिय र सुप्रिया गैरेको समूह सान्त्वना भएको छ । ६ समुहको सहभागीता रहेको प्रतियोगिताका विजयी समुहले क्रमश नगद २० हजार, १५ हजार, १० हजार र ३ हजार सहित प्रमाण पत्र हात पारेको छ ।

सृजनशिल युवा क्लवको मञ्च रामपुुर ६ विजयपुरमा भएको प्रतियोगिता विजयपुर बजार व्यवस्थापन समितिका अध्यक्ष हेम बहादुर थापाको अध्यक्षता र रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो ।