अबको चुनाव देश भित्रको शक्ति र बाह्य शक्ति बीच हुने : चौधरी

बोलीखबर   १६ भाद्र २०७९, बिहीबार ०६:१९

पाल्पा । नेकपा एमालेका सचेतक एवं पोलिटव्युरो सदस्य शान्ता चौधरीले अबको चुनाव देश भित्रको शक्ति र बाह्य शक्ति विचमा चुनाव भएको भन्दै नेकपा एमालेले जित्यो भने देशले र महागठबन्धनले जित्यो भने विदेशीले जित्ने दावी गर्नुभयो । बिकास र समृद्धि ल्याउने सबैलाइ सम्मान गर्ने देशलाइ बिकासको युगमा पुर्याउन एमालेसंग अन्य पार्टीहरु अत्तालिएको दावी गर्नु भएको छ । उहाँले आफ्नो उदाहरण दिदै कमलरी प्रथा बाट हुर्किएकी मलाइ अन्य पार्टीले होइन एमाले सबै जातजाति भाषा धर्म कला सस्कृतिका साथै लक्षित बर्ग माथि उठाउन महिला बालबालिका जेष्ठ नागरिक सबैको सम्मान गर्दै अबसर एमाले दिने बताउनु भएको छ ।

अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीले पाल्पाको रामपुरमा आयोजना गरेको ३४ औं तीजगित प्रतियोगिता उट्घाटन गर्दै एमाले जनताको मन मस्तिष्कमा बस्न सफल भएकाले अन्य पार्टीहरु डराएरको आरोप लगाउनुभयो ।

उहाँले भन्नु भयो, “नेकपा एमाले लोकप्रिय छ । जनताको मन मुटुमा बस्न सफल भएकाले सबै पार्टी अत्तालिर बाह्य शक्तिलाई हात लिएका छन् ।”–“एमाले शक्तिशाली र विशाल पार्टी बन्न थाल्यो । एमालेलाई कमजोर बजाउनु पर्छ भनेर एमालेलाई कमजोर बनाए पछि मात्र हाम्रो भविष्य सुनिश्चित हुन्छ भनेर एउटा पार्टी संग महागठबन्धन भएको छ । अन्य पार्टी एउटा पार्टी संग डराएर थुरुरु छ ।”

एमाले महागठबन्धन भए पनि एक्लै निर्धकका साथ चुनाब लड्ने बताउनुभयो । कार्यक्रममा एमालेका केन्द्र्रिय सदस्य एवं पाल्पाका सहइन्चार्ज सृजना काफ्लेले सबैको सम्मान गरेर नेकपा एमाले अघि बढेको बताउनुभयो ।

नगर कमिटी कोषाध्यक्ष इश्वरि लम्साल को स्वागत बाट सुरु भएको कार्यक्रममा रामपुर नगरपालिका भित्रका विभिन्न स्थानका १२ समुहको सहभागीता रहेको थियो । जसमा रामपुर ३ रजघराको रञ्जु भट्टराईको समुह प्रथम, रामपुर ६ को विना घिमिरेको समुह द्वितिय, रामपुर ३ को कल्पना शाहीको समुह तृतिय र रामपुर १० को मिना भण्डारीको समुह सान्त्वना भएको निर्णायक मण्डलका संयोजक बन्दना पोखरेलले जानकारी दिनुभयो । विजयी समुहलाई क्रमश नगद १५ हजार, १२ हजार, १० हजार र ८ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा महिला संघमा योगदान दिने महिलाहरुलाई सम्मान समेत गरिएको थियो । रामपुर युवा क्लवको मञ्चमा भएको कार्यक्रम अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीका अध्यक्ष दुर्गादेवी रानाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सञ्जु देवी परियारको सञ्चालन गर्नु भएको हो ।