काँग्रेस क्षेत्र नं. १ प्रदेश (क) पाल्पाकाे प्रदेश सभामा खनालकाे एकल उम्मेद्वारीमा सिफारिस

बाेलीखबर   १६ भाद्र २०७९, बिहीबार ११:३०

पाल्पा । आगामी मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनका लागी नेपाली काँग्रेस पाल्पाले उम्मेद्वार सिफारिस गरेको छ । नेपाली काँग्रेस क्षेत्र नं. १ प्रदेश (क) पाल्पाबाट प्रत्यक्ष तर्फको उमेद्वार र समानुपातिक उमेद्वारको नाम सिफरिस गरेको हो ।

बैठकले प्रदेश सभा निर्वाचनका लागी प्रत्यक्ष तर्फ श्यामकान्त खनालको एकल नाम सिफारिस गरेको छ । यस्तै समानुपातिक उम्मेद्वार मध्ये दलित तर्फ अर्जुन सुनार, खसआर्य तर्फ देवराज ढकाल, महिला तर्फ विष्णु देवि घिमिरे आचार्य, आदीबासी जनजाति तर्फ बोम बहादुर थापा र मुस्लिम तर्फ हजुल मियाँलाई उम्मेद्वार सिफारिस गरेको छ ।