मदरसा नुरुल बिद्यालयको प्रदेशमन्त्री खानद्धारा उद्घाट्न

बाेलीखबर   १६ भाद्र २०७९, बिहीबार २०:५०

पाल्पा । मदरसा नुरुल हुदा रामपुर पाल्पाको २ काेठे भवनको समुदघाटन कार्यक्रम सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालय लुम्बिनी प्रदेशको सहयोगमा नव निर्मित भवनको लुम्बिनी प्रदेश सरकारका माननीय शिक्षा तथा खेलकुद मन्त्री वसिउद्वीन खानले समुद्घाटन गरेका छन् ।

शिक्षा तथा खेलकुद मन्त्री  खानले यो मदरसा एक उत्कृस बिद्यालय रहेको बताएका छन् । मन्त्री खानले सरकारी स्तरबाट भौतिक निर्माण बाहेक अन्य कुनै अनुदान नपाएको प्रती खेद प्रकट गर्दै मदरसाले पनि अन्य बिद्यालय जस्तै सेवा र सुबिधा पाउनु पर्ने बताएका छन् । सेवा सुबिधा पाउनका लागि आफुले पहल गर्ने र स्थानिय सरकारलाइ यस तर्फ ध्यान दिन आग्रह अाग्रम समेत गरेका छन् ।

समाराेहमा पाल्पा क्षेत्र न १ क का साम्सद माननीय युबराज खनाल, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख हरिलाल अर्याल, इस्लामी संघ नेपालका महासचिव मौलाना अबुल कलम फलाही, बिद्यालयका प्रधानाध्यापक, राजनैतिक दलका प्रतिनिधी, वि.व्य.स. का पुर्व अध्यक्षहरुकाे उपस्थिती रहेको थियो ।

विधालयका व्यवस्थापन समितिका अध्यक्ष शेख अयुबको अध्यक्षतामा सम्पन्न कार्यक्रम प्रधानाध्यापक मोहम्मद सलिम को स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे ।