पाल्पा २ मा एमालेबाट ठाकुर गैरेको एकल नाम सिफारिस

बाेलीखबर   १९ भाद्र २०७९, आईतवार १६:२८

पाल्पा । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा युवा नेता ठाकुर गैरेको पाल्पा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि एकल नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ।

आइतबार बसेको एमाले क्षेत्रीय  समन्वय कमिटीको बैठकले  गैरेकाे नाम सर्वसम्मतरूपमा सिफारिस गरेको हो।

पटक-पटक प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि टिकट  पाउन नसकेका गैरे यस पटक भने सर्वसम्मतरूपमै सिफारिस गरेको नेकपा एमाले पाल्पाले जनाएकाे छ । यता पाल्पा क्षेत्र नं. १ मा भने  सर्वसम्मत रूपमा सिफारिस गर्न सकेकाे छैन । नेकपा एमाले पोलिट्ब्युरो सदस्य तथा पूर्वमन्त्री दल बहादुर राना, संविधान सभा सदस्य राधाकृष्ण कडेल, प्रदेश सभा सदस्य नारायण अाचार्य र अधिबत्त शिव अर्याल अाकाक्षी रहेका छन् ।