
मंसिर २६
पूर्वखोला गाउँपालिका वडा न २ जल्पामा कन्ट्र्याक ट्रेसेङ गरेर स्वाव परिक्षण गर्दा ११ जनामा थप कोरोना भाइरस पोजेटिभ पुष्टी भएको कारण जल्पालाइ पौष २ गते सम्म शिल गरेको सुचना गाउँपालिकाले निकालेको छ ।
यस अघि जल्पामा मंसिर २५ गते रातको १२ बजे सम्म सिल गरेको थियो त्यो सुचना को समय सकिन पूर्वक नै पुन वडा सिल सम्बन्धी सुचना सार्वजनिक गरेको छ ।

पुर्वखोला गाउँपालिकावाट निर्माण गरिएको कोभिड अस्पतालमा बस्नु भएका मध्ये ४ जनालाई फलोअप जाँच गर्दा नेगेटिभ आएको छ । गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले अस्पतालको डिस्चार्ज स्लिप दिएर बिदाइ गर्नु भयो । यसको संयोजन र्पुवखोला स्वास्थ्य शाखाका प्रमुख मोहन ढकाले र्गनु भएको हो ।