रामपुर ४ मा शुभकामना सहित वडाको चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक

बाेलीखबर   १२ आश्विन २०७९, बुधबार १२:०१

पाल्पा । रामपुर नगरपालिका वडा नं. ४ ले चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक सहित विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

रामपुर नगरपालिका वडा नं. ४ को आयोजनामा शुभकामना आदान प्रदान तथा शान्तिपुर्ण एवं सुरक्षित समाजका लागी समुदाय प्रहरी सझेदारी कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले चाडपर्व संगै विभिन्न विकृति विसंगति पनि जोडिने भएकाले यसको नियन्त्रण र न्यूनिकरण गर्नु पर्ने आवश्यकता रहेको बताएका थिए । थापाले चाडपर्वमा मात्रै धर्मका कुरा गर्ने तर अन्य समयमा संस्कार विर्सने गरेका कारण समुन्नत समाज निर्माणमा पछि परेको बताए ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले रितिरिवाज र संस्कृतिको संरक्षण गर्दै गक्ष अनुसार चाड पर्व मनाउनु पर्ने बताएका छन् । थापाले नराम्रा प्रथा तथा कुरीतिलाई त्यागेर चाड पर्व मनाउन आग्रह गर्दै शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले चाडपर्वको मौलिक महत्वलाई बुझेर मनाउनु पर्ने बताउदै विजया दशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रमका अवसरमा ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनात्मक प्रशिक्षण दिएका थिए  उनले चाडपर्व संगै हुने विभिन्न घटना हुन नदिने उपाय, साईबर अपराध, लागु औषध, सुरक्षा लगाएतका विषयमा प्रशिक्षण दिएका थिए ।

यसैविच कार्यक्रमको अवसरमा रामपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर रानाले पछिल्लो चार महिनामा वडा कार्यालयबाट भएका सेवा प्रवाह तथा गतिविधि सहितको चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।