वडा नं. १ काे दशैं शुभकामना तथा चौमासिक प्रतिबेदन सार्वजनिक

दानस मल्ल   १३ आश्विन २०७९, बिहीबार १०:१८

पाल्पा ।  रामपुर नगरपालिका वार्ड नम्बर १ पाल्पाले बिजया दशमी ,दिपावली र छ्ठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। वार्ड कार्यालयको सभाहलमा भएको कार्यक्रमको मुख्य पाहुना इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरिक्षक लक्ष्मण देवकोटा रहेका थिए ।

वार्ड अध्यक्ष कपिल बहादुर खाणको अध्यक्षता मा भएको कार्यक्रममा वडाको तर्फ बाट चौमासिक प्रतिबेदन प्रस्तुत गरेको थियो। वडा सदस्य नारायण चन्द ठकुरीले प्रतिबेदन प्रस्तुत गर्दै साउन र भदौ महिनामा नागरिकता को सिफारिस ३८ वटा,नाता प्रमाणित १२ वटा,चौकिल्ला प्रमाणित ५ वटा,वैदेशिक अध्ययन सिफारिस ९ वटा र अन्य सिफारिस १३२ गरि जम्मा १९५ वटा सिफारिस गरेको बताएका थिए । यसै गरि जन्म दर्ता १६, बिबाह दर्ता २, मृत्यु दर्ता ८,बसाई सराई २ र सम्बन्ध बिच्छेद २ गरि जम्मा ३० वटा घट्ना दर्ता भएको जानकारी दिएका थिए । त्यसै गरि साउन महिनामा ७ र भदौ महिनामा ११ पटक गरि जम्मा १८ पटक बैठक बसेको जानकारी वडा सदस्य चन्दले जानकारी दिएका थिए ।

कार्यपालिका सदस्य देवका पोखरेलको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा “समुदाय प्रहरी साझेदारी कार्यक्रम” समेत भएको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्षमण देबकोटाले समुदायमा हुने महिला हिम्सा, लागुऔषत, आपराधिक अतिबिधी न्युनिकरण गर्ने सम्बन्धि उपायको बारेमा बताउदै आउदै गरेको चाडपर्बहरुमा फजुल खर्च नगरी सद्भावको पर्बको रुपमा मनाउन आग्रह गरेका थिए । कार्यक्रममा सहभागीले एक आपसमा शुभकामना आदान प्रदान गर्दै वडा भित्रका शैक्षिक तथा स्वास्थ्य सस्थाका प्रमुख तथा प्रतिनिधि हरुले आफ्नो सस्थाको विवरण प्रस्तुत गरेका थिए। वडा सचिब तारानाथ पोखरेल को सन्चालन मा भएको कार्यक्रममा उपस्थित सबैलाई वडा सदस्य जीवन नेपाली ले धन्यबाद दिएका थिए ।