रामपुर सहकारीकाे १३औँ बार्षिक साधारण सभा सम्पन्न

बाेलीखबर   २६ मंसिर २०७७, शुक्रबार २०:०६

सदस्यहरुको सिर्जनशीलता र समृद्धि , सस्थांगत एंब बित्तीय क्षमता अभिवृद्धि भन्ने नारा सहित आज रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १३औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा संस्थाका जेष्ठ सेयर सदस्य माया देबि भण्डारीले दिप प्रज्वलन गरि सुरु गरिएको हो । साधारण सभा मंसिर १६ देखि २६ सम्म भएको हो ।

साधारण सभा सस्थांका व्यवस्थापन समिति, लेखा सुपरिवेक्षण समिति विषयगत समीती, सेयर सदस्यहरू पत्रकारहरुको उपस्तिथिमा भएको छ । सस्थांको अध्यक्ष राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा १३ वटा दिप प्रज्वलन गरिएको छ । सस्थांका अध्यक्ष श्रेष्ठले प्रतिबेदन प्रस्तुत गर्दै विश्वको बचत तथा ऋण सहकारी अभियान कठिन परिस्थितिमा जन्मिएको र सदस्यहरुको हितमा केन्द्रिय हुदै बिकास भएको इतिहास बताउदै बिश्व व्यापि महामारी कोरोना भाइरलको कारण नौलो अभ्यास सहित मनाइरहेको बार्षिक साधारण सभा सम्पन्न गर्न सहयोग र योगदान पुर्याउनु हुने सबैलाई धन्यवाद समेत दिनु भएको छ ।

रामपुर नगरपालिका को सबै वडा निस्दि गाउँपालिकाको १,२,३,४,५ न वडा पुर्बखोला गाउँपालिकाको १ न वडा भित्र ४ हजार १ सय ७८ जना सेयर सदस्य रहका छन । ४४ करोड ३७ लाखको पुँजी सहित आफ्नो कार्यक्रमहरु सन्चालन गरेको सस्थांको आर्थिक बर्ष २०७६।०७७ को प्रगति प्रतिबेदन तथा २०७७।०७८ को प्रस्तावित निति तथा कार्यक्रम सस्थाका सचिब लेखनाथ मरासिनीले प्रस्तुत गर्नुभएको हो । प्रगति प्रतिबेदन प्रस्तुत गर्दै सचिब मरासिनीले सस्थांको सेवा लाइ भरपर्दो, विश्वसनीय, गुणस्तरीय एव आर्थिक प्रतिस्पर्धात्मक बजारमा टिकीरहन सस्था २०७५ देखि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि को प्राविधिक सहयोगमा पुर्ण तथा व्यबसायिक साकोस बिकास कार्यक्रम प्रोबेसन लागु भएको जनाकारी गराउनु भएको छ ।

आर्थिक बर्ष २०७६।०७७ को वास्तविक र २०७७।०७८ को आय व्यय बिवरण सस्थांका कोषाध्यक्ष भोजराज भट्टराईले प्रस्तुत गर्नु भएको छ । कोषाध्यक्ष भट्टराईले ४ करोड २१ लाख १८ हजार ३ सय सेयर पुँजी रहेको बताउनु हुदै ४ करोड ५४ लाख ५५ हजार पुर्याउने लक्ष्य रहेको जानकारी गराउनु भएको छ । प्रस्तुत प्रतिबेदनमा १ करोड ८ लाख ३५ हजार ८५ बराबरको शुद्ध नाफा रहेको बताउदै कोरोना भाइरसका कारण पुँजी स्थिर रहेको बताउनु भएको छ । सस्थांका लेखा सुपरिवेक्षण समितिका सम्योजक ज्ञानेन्द्र प्रसाद गैरेले लेखा सुपरिवेक्षणको प्रतिबेदन प्रस्तुत गर्नु भएको छ । सस्थांका व्यवस्थापक रामचन्द्र अधिकारीले कार्यालय व्यवस्थापन पक्ष को प्रतिबेदन प्रस्तुत गर्दै बित्तीय दृष्टिकोण, सदस्य दृष्टिकोण, आन्तरिक व्याबसाहिक दृष्टिकोण सिकाइ तथा समृद्धि सम्बन्धि दृष्टिकोण को बारेमा बोल्नु भएको थियो ।

कोरोना भाइरसले बित्तिय कारोबार लगायत सबै क्षेत्रमा प्रभाव परेका बेला सहकारी पनि अछुतो रहन सकेन भन्दै स्वास्थ सुरक्षाको मापदण्ड अपनाउदै सेवा प्रदान गरेको बताउनु भएको छ । महामारीका कारण दैनिक काम गरेर खाने करिब ७६ प्रतिशत असंगठित क्षेत्रका श्रमिक प्रभावित भयको भन्दै करिब बार्षिक ५ लाख नयाँजन शक्ति श्रम बजारमा आउने बेरोजगार लाइ मध्य नगर गर्दै रोजगार मुलक कार्यक्रममा जोड दिन अनुरोध गर्नु भयको छ र सहकारिले विभिन्न काम गर्ने कुरामा प्रतिबेदनमा जोड दिनु भएको छ । सस्थांका उपाध्यक्ष नगीलाल पौडेलको स्वागत बाट सुरु भएको सभामा महिला सेयर सदस्यहरूको तर्फबाट दुर्गा देबि राना र पुरुष सदस्यको तर्फबाट शम्भुराज अर्यालले आ आफ्नो भनार्इ राख्नु भएको छ । सहकारीका लागी झोला सौजन्य गर्नु हुने सेयर सदस्य एंब युवा परिचालन उपसमिति सदस्य अशोक श्रेष्ठ र बिपिन अधिकारिलाइ संस्थाले सम्मान गरेको छ । कार्यक्रमको सन्चालन सचिव लेखनाथ मरासिनिले गर्नु भएको हो ।