
“नेपाल र नेपालीले पिडाका विच बाट उठेर विपतमा समालीन सक्छन् उच्च क्षमता छ भनेर संसारसामु सक्षम प्रमाणित गरेको छ ।”
मंसीर २९ पाल्पा रामपुर , राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक (सीईओ) सुशिल ज्ञावलीले प्राधिकरणले अहिले गति लीएको बताउदै असार सम्म ९२ प्रतीशत जनताका घर सम्पन हुने बताउनु भयो । नेपालले विपद्का विच उठेर आफुलाई विश्वमा अब्बल सावित गरेको बताउनु भएको छ । पुन निर्माण हुन लागेका विद्यालय भवनको शिलन्यास संगै गृहजिल्ला पाल्पा आउनु भएका ज्ञावलीले नेपालीहरुले विपद्मा पनि उठेर आफुलाई सम्हाल्न सक्नेछन् भन्ने पुष्टि गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल र नेपालीले पिडाका विच बाट उठेर विपतमा समालीन सक्छन् उच्च क्षमता छ भनेर संसारसामु सक्षम प्रमाणित गरेको छ ।” प्राधिकरणले अधिकांश पुन निर्माणका कार्य अन्तिम चरणमा पुगेको बताउँदै असार सम्ममा सम्पदा बाहेकका पुन निर्माण सम्पन्न हुने जानकारी गराउनुभयो । साथै उहाँले प्राधिकरणले आगामी आर्थिक वर्षको पुस भित्र सम्पूर्ण काम सकेर सरकारलाई हस्तान्तरण गर्ने गरी काम अघि बढाएको बताउनुभयो । पुन निर्माण बाँकी रहेका घरधनीहरुलाई समय नभएको भन्दै अब कत्तिपनि ढिलाई नगरी सुरक्षित आवास निर्माण गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पुन निर्माण हुन बाँकी घर चाँडै निर्माण गरौं । रेट्रोफिटिङ्ग गर्नुपर्ने घरहरु भएमा हाम्रा प्राविधिकहरु संग सल्लाह लिएर काम अघि बढाउनु होला । ताकी हाम्रा सन्ततिले भोली जोखिम बेहोर्न नपरोस् ।”
उहाँले देशैभरका ७ लाख १९ हजार ८ सय ३३ निजी आवास निर्माण मध्ये झण्डै ९२ प्रतिशत जनताले पुननिर्माण सम्पन्न भएको, ७ हजार ५ सय ५३ मध्ये ८० प्रतिशत शैक्षिक संस्थाको पून निर्माण भैसकेको, १ हजार १ सय ९७ वटा स्वास्थ्य संस्था मध्ये ६० प्रतिशत पुन निर्माणको काम सकिएको बताउनुभयो । साथै उहाँले ९ सय २० वटा सांस्कृतिक सम्पदा मध्ये ५० प्रतिशत काम सकिएको जानकारी दिदै मौलिक शैलीमा निर्माण गर्नु पर्ने भएकाले केही ढिलाई भएको बताउनुभयो । उहाँले शैक्षिक सस्ंथाहरु ८०.२ प्रतिशत निर्माण सम्पन्न भएको र अन्य बाकीँ निर्माणधीन रहेको बताउनु भएको छ । स्वास्थ्य सस्ंथा ५८.३ प्रतिशत सास्कृतीक सम्पदा ५० प्रतीशत सरकारी भवन ९० प्रतीशत सुरक्षा निकायका भबन ९९.१ प्रतीशत सम्पन्न भए जानकारी गराउदै आउदोँ असार सम्ममा सम्पदा बाहेक धैरै सकीदैछन् र पुष सम्ममा हस्तान्तरण हुने समेत जानकारी गराउनु भएको छ ।
पत्रकारहरुको जिज्ञासामा बोल्दै भुमीहीन तथा सुकुम्बासिकालागी जसले जग्गा खरिद र्गन सक्दै उनिहरुकालाई कार्यबिधि अनुसार आउन र १२ हजार भुमिहीनले घर बनाई सकेको समेत जानकारी गराउनु भएको छ । त्यस्तै गरि पहिलो किस्ता लाने र घर नवनाउनेले घर बनाउन प्ररण दिदै यदि घर नबनाएर राज्य ठग्छु भन्ने सोच छ भने त्यो सम्भव नभएको बताउदै र्फीता लिन राज्यले सुरु गरिसकेको बताउदै अन्य सेवा सुबिधा बाट बन्चीत हुन पर्ने समेत जानकारी गराउनु भएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण शिक्षा ईकाई पाल्पाका प्रमुख लक्ष्मण देवकोटाले पाल्पामा १ सय १४ वटा विद्यालय भवन पुननिर्माण सम्पन्न भएको र ८६ वटा निर्माणको क्रममा रहेको जानकारी दिनुभयो । उहाँले बाँकी भवन पनि यसै आर्थिक वर्ष भित्र सम्पन्न हुने बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद युवराज खनालले प्राधिकरण संग समन्वय गरेर निर्माणलाई अघि बढाउने बताउनुभयो । कार्यक्रमको सञ्चालन पत्रकार बन्दना पोखरेलले गर्नु भएको हो ।