भू.पु. विद्यार्थी मञ्चद्धारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बाेलीखबर   १८ आश्विन २०७९, मंगलवार ०६:१९

पाल्पा भू.पु. विद्यार्थी मञ्च, श्री रामतुलसी माध्यामिक बिधालय रामपुर पाल्पाको आयोजनामा हिन्दुहरुको महान पर्व शुभ बिजया दशमी , शुभ दिपावली , छठ पर्व र नेपाल सम्बत ११४३ को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

भु.पु. विद्यार्थी मञ्च श्री रामतुलसी माध्यामिक बिधालयका अध्यक्ष शालिकराम कँडेलको अध्यक्षता र रामपुर नगरपालिका उप प्रमुख बालकुमारी थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

भौतिक देखि बिद्यालय संचालनका लागि आवस्यक ब्यबस्थापनमा निकै उत्कृष्ट रहि पुर्बी पाल्पाकै नमुना बिद्यालय को रुपमा स्थापित बिद्यालय भु.पु. विद्यार्थी मञ्चको शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित सम्पुर्ण भु.पु. विद्यार्थीहरुले शुभकामना अादान प्रदान गरेका थिए।

कार्यक्रममा भु.पु. विद्यार्थी सन्दीप रानाले समाजमा बिद्यालय जानू , पढ्नु भनेको समयको दुरुपयोग हो भन्ने मानसिकता कायम रहेको बेला स्कुल स्थापना गरि मानिसहरुलाइ शिक्षा तर्फ डोर्‍याउन, उत्प्रेरित गराउन र अहिलेको श्री रामतुलसी माध्यामिक बिधालयको रुपमा स्थापित गराउन पुर्बजहरुले निभाउनुभएको भुमिका प्रती धन्यवाद सहित शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिका उप प्रमुख बालकुमारी थापाले शिक्षाको क्षेत्रमा रहेका रामपुर नगरपालिका भित्रका सम्पुर्ण बिधालयहरुलाइ समान दृस्टिकोण राखी शैक्षिक स्तरलाइ माथी उकास्ने कार्यमा रामपुर नगरपालिका सदैब तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएका तर पढ्नमा जेहेन्दार विद्यार्थी उच्च शिक्षाबाट बन्चित नहुन भनेर भु.पु. विद्यार्थी मञ्च श्री रामतुलसी माध्यामिक बिद्यालयका अध्यक्ष शालिकराम कँडेलले आफ्नी धर्मपत्नी कल्पना गौतम कँडेल स्नेह छात्रवृत्ति कोष अन्तर्गत एकाउन्न हजार तीन सय उनान्सत्तरी रुपैयाँको चेक सोही बिद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साललाई हस्तान्तरण गर्दै बिद्यालयको प्रगतिको कामना समेत गरेका थिए ।

भु.पु. विद्यार्थी मन्च,सदस्य महेश पौडेलको स्वागत बाट सुरु भएको कार्यक्रममा दिवंगत भएका भु.पु. विद्यार्थी बुध्दिबल राना र बिजय राज घिमिरे प्रती हार्दिक श्रध्दान्जली अर्पण समेत गररेकाे थियाे ।