
राष्ट्रिय जनमोर्चा नेपाल पाल्पाले आज पाल्पाको रामपुरमा कोणसभा गरेको छ । संघीयताको खारेजिको माग र गणतन्त्र नेपालको रक्षाका लागि खबरदारि गर्दै आइरहेको जनमोर्चा नेपालले देश भरी कार्यक्रम र्गदै आएको छ ।

किसान संघ जिल्ला कमिटी सदस्य मन बहादुर बयम्बुको स्वागत बाट सुरु भएको कोण सभामा केन्द्रिय सदस्य सोमप्रसाद कार्कि प्रमुख अतिथि रहनु भएको हो । प्रमुख अतिथि कार्कीले बोल्दै दुई तिहाईको सरकार अहिले भ्रष्टचारमा लागेको भन्दै उहाँले एक राजा फालेर धेरै राजा जन्मीए भन्दै महङ्गीका कारण र करको दुरुपयोग भएको भन्दै नेपालि जनतालाइ दोहोरो तेहेरो कर तिर्नु पर्ने संघीयता आबश्यक नभयको समेत बोल्नु भएको छ ।
जनमोर्चा नेपालका जिल्ला अध्यक्ष बिशाल दर्लामिले कोण सभामा बोल्दै नेपालमा गणतन्त्रको बिकल्प राजतन्त्र होइन गणतन्त्रको रक्षा गर्नु हामी सवैको दायीत्व भएको भन्नु भएको छ । नेपालको सन्दर्भमा संघीयता आबश्यक नरहेको समेत प्रष्ट भएको बताउनु भयको छ । नगर कमिटी अध्यक्ष पदम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिब रामप्रसाद गैरेले गर्नु भएको हो ।