
रामपुर पाल्पा पुस ३ निस्दी गाउँपालिका र पुर्वखोला गाउँपालिका जोड्ने निस्दी खोला रेचेघाटमा पक्की पुल निर्माण हुने भएको छ । नव निर्मित पक्की पुलको शिलान्यास लुम्बिनी प्रदेशका भौतिक बिकास तथा पुर्वाधार मन्त्री बैजनाथ चौधरीले एक कार्यक्रमका बिच गर्नुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री चौधरीले हाल पाल्पामा सानो ठूलो गरि ११ वटा पुल निर्माणको चरणमा रहेको बताउदै तोकिएको समयमा योजना सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले अगाडि भन्नुभयो बिकासका काम गर्न सरकार सदैब तयार रहेको त्यसमा नागरिकको साथ र सहयोग आवश्यक रहनुपर्नेमा जोड समेत दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद नारायण प्रसाद आचार्यले धेरै वर्ष देखि आवश्यकताको महसुस गरि उक्त ठाउँमा पुल निर्माणको योजना बल्ल यो समय पूरा गर्न सकेकोमा खुशी व्यक्त गर्दै नेकपा जिल्ला अध्यक्ष समेत रहनु भएका सांसद आर्चायले बोल्दै नेकपा अहिले देखिएको विबाद सतही र अर्नगल हुन् भन्दै हाम्रो राम्रा काम सगँ डराएर सल्बलाएका हुन् नेकपाले जनता भाबना र र्मम बुझ्ने समेत उहाँलेभन्नु भएको छ । अहिले बाहिर आयका कुरा अनर्गल हुन जो हाम्रो नेतृत्व सङ डराएर आएका हुन नेकपा को नेतृत्वले गरेको बिकास देखेर प्रतिगामी शक्त। अहिले बाहिर आयका कुरा अनर्गल हुन जो हाम्रो नेतृत्व सङ डराएर आएका हुन नेकपा को नेतृत्वले गरेको बिकास देखेर प्रतिग त्यसैगरी प्रदेश सांसद युवराज खनालले त्यस क्षेत्रका बिरामी र सुत्केरीलाई अस्पताल पुर्याउन समेत समस्या रहेको बताउदै पुल निर्माण पश्चात् यो समस्या सधैका लागि हट्ने बताउनुभयो ।
कार्यक्रममा इन्जिनियर भिमार्जुन पाण्डेले मन्त्रालय र निर्माण कम्पनी बिच भएको सम्झौता बारे जानकारी दिनु हुँदै समयमै आयोजना सम्पन्न हुनेमा विश्वास्त रहेको बताउनुभयो । आयोजनाको २०७८ पौष २९ गते सम्पन्न गर्ने गरि जय नेपाल कम्पनी विवेक कुबेर निर्माण सेवा प्रा लि ले ४ करोड २८ लाखमा ठेक्काको अनुमानित थियो भने कम्पनीले ३ करोड ८९लाखमा ठेक्का सम्झौता लिएको हो । कार्यक्रममा आफ्नो धारणा राख्दै निर्माण व्यवसायी सुर्य प्रसाद श्रेष्ठले आफू बोल्न भन्दा काम गर्न पोख्त रहेको बताउदै निर्धारित सम्झौता मिति भन्दा अगाडि काम सम्पन्न गर्ने प्रतीबव्धता जायर र्गनु भएको छ ।
निस्दी र र्पुवखोलाको विचमा बन्नलागेको पुल शिलन्यास कार्यक्रममा र्पुवखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा लगाएतले आफ्ना भनाई राख्नु भएको थियो । शिलन्यास कार्यक्रम जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष मिरा मरासिनीको अध्यक्षतामा भएको हो । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको स्वागतबाट सुरु भएको कार्यक्रममा र निस्दी वडा न ६ अर्चलेका वडा अध्यक्ष मेख बहादुर सुनारीको संचालनमा भएको हो । प्रत्येक चुनाबमा सबै राजनीतिक दलको चुनाबी मुख्य एजेन्डा बनेको उक्त ठाउँमा पुल निर्माण भए पछि स्थानीय उत्साहित बनेका छन् ।