प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

बाेलीखबर   ५ पुष २०७७, आईतवार ११:०१

काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद्‌ विघटनको सिफारिस गरेका छन् । प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्‍त्रिपरिषद्‌को आकस्मिक बैठकमा ओलीले संसद् विघटनको सिफारिस गरेका हुन् ।

आफूलाई पार्टी भित्रबाटै हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका हुन् ।