पाल्पा-१ मा भारी मतका साथ एमालेका आचार्य बिजयी

बाेलीखबर   ९ मंसिर २०७९, शुक्रबार १६:२२

पाल्पा । पाल्पा क्षेत्र नम्बर १ मा भारी मतले नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यमा नेकपा एमालेले जित हात पारेको हो । प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नम्बर एकबाट नेकपा एमालेका नारायण प्रसाद आचार्यले ३१ हजार १ सय ३ मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २५६ मत प्राप्त गर्नुभएको छ ।

अाचार्यले गाहालाई ११ हजार ७८ मतान्तरले जित हासिल गर्नु भएको हो । त्यस्तै सुइ चिन्हका स्वतन्त्र उम्मेदवार बिपिन कंडेलले २ हजार ८ सय ६३ मत पाउनु भएको छ । क्षेत्र नम्बर १ प्रदेशसभा सदस्यमा राजु प्रसाद श्रेष्ठ हिजो नै बिजयी घोषणा हुनुभएको छ ।

त्यस्तै क्षेत्र नम्बर १ (२) मा खेमबहादुर सारु बिजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी शंकर खनाललाई ४ हजार ७ सय ९१ मतले पछि पार्दै जित हासिल गर्नुभएको छ । खेमबहादु सारुले १४ हजार २ सय ९६ तथा रुख चिन्हका उम्मेदवार शंखर खनालले ९ हजार ५ सय ५ मत प्राप्त गर्नुभएको छ ।