पाल्पा क्षेत्र नं. १(२) मा एमालेका खेम बहादुर सारु भारीमतका साथ विजयी

बाेलीखबर   ९ मंसिर २०७९, शुक्रबार १६:३५

पाल्पा । पाल्पाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ प्रदेश २ मा नेकपा एमालेका खेम बहादुर सारु निर्वाचित भएको छ । कांग्रेसका शंकर खनाललाई ४ हजार ७ सय ९१ मतान्तरले पछि पादै सारु निर्वाचित भएको हो ।

सारुले १४ हजार २ सय ९६ मत ल्याउँदा पाँच दलीय गठबन्धनका उम्मेदवार खनालले ९ हजार ५ सय ५ मत प्राप्त गर्नु भएको थियो । लामो समय शैक्षिक क्षेत्रमा सक्रिय रहदै आउनु भएको सारु यस पटक प्रदेश सभामा उम्मेद्वार बन्नु भएको थियो । सारु र खनाल संगै पाल्पा क्षेत्र नं. १ (२) मा अन्य ३ दलका उम्मेद्वारहरु प्रतिस्पर्धामा थिए । पाल्पा क्षेत्र नं. १ (१) मा एमालेबाटै राजु प्रसाद श्रेष्ठ निर्वाचित भैसक्नु भएको छ ।