नवनिर्वाचित प्रदेशसभा सदस्य श्रेष्ठलाई बधाई तथा सम्मान

बाेलीखबर   १८ मंसिर २०७९, आईतवार ११:२५

पाल्पा । रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । भर्खरै प्रतिनिधि सभा पाल्पा क्षेत्र नं १ (१) मा प्रदेश सभा सदस्य पदमा नवनिर्वाचित संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठलाई बधाई तथा शुभकामना कार्यक्रम आयाेजना गरिएको हाे ।

संस्थाका काेषाध्यक्ष भाेजराज भट्टराईकाे अध्यक्षतामा कार्यक्रम भएको हाे । सल्लाहकार राजेन्द्र बस्ताकाेटिकाे स्वागतबाट सुरु भएको कार्यक्रमकाे संचालन सचिव लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हाे । संस्थाले पाल्पाली ढाकाटाेपि, दाेसल्ला ‌ओढाएर सम्मान पत्रले सम्मान गरिएको हाे ।

संस्थामा लामाे समयसम्म अध्यक्षकाे जिम्मेवारी सम्हाल्दै आउनुभएका श्रेष्ठ प्रदेश सभा सदस्यमा निर्वाचित हुदाँ यस खुशियालीमा संस्थाले बधाई तथा शुभकामना कार्यक्रम गरेकाे हाे । नवनिर्वाचित प्रदेश सभा सदस्य श्रेष्ठले आफुलाई चिनाउने काम संस्थाले गरेकोमा संस्थाप्रती आभार व्यक्त गर्दै दलिय भन्दा माथि उठेर काम गर्ने प्रतीबद्द्ता जनाउनुभएकाे छ ।

संस्थाकाे हरेक काममा आफु सधै लाग्ने र यस क्षेत्रकाे विकासका लागि तल्लिन भएर लाग्ने उहाँले बताउनुभएको छ । कार्यक्रममा संचालक समिति सदस्य हजिलदिन मिया, सल्लाहकार विश्वबन्धु पाैडेल, लेखा समिति संयाेजक राजेन्द्रप्रसाद लम्साल, महिला तथा बालबालिका उपसमिति सदस्य सुशीला रेग्मी लगायतले बाेल्दै बधाई तथा शुभकामना दिनुभएको छ ।