सव डिभिजन स्थरिय चोरि कटानी बन अपराध नियन्त्रण सम्वन्धी सरोकारबालाहरुसगँ अन्तरकृया

बन्दना पाेखरेल   ११ पुष २०७७, शनिबार १८:२७

पाल्पा रामपुर पौष ११ पाल्पा ,

निस्दी गाउँपालिका मीत्यालमा सव डिभिजन स्थरिय चोरि कटानी बन अपराध नियन्त्रण सम्वन्धी सरोकारबालाहरुसगँ अन्तरकृया भएको छ ।

डिभिजन बन कार्यालय पाल्पा र निस्दी सव डिभिजन बन कार्यलय मित्याल पाल्पाको आयोजनामा बन अपराध सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको हो । सामुदायिक बन महासंघ निस्दीका सचिव सन्तविर सुनारीको अध्यक्षतामा भएको अन्तरक्रियामा सामुदायिक बनभित्र हुन सक्ने चोरीनिकासी तथा कटानी नियन्त्रणको विषयमा छलफल भएको थियो ।

अन्तरक्रियामा बोल्नुहुँदै रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेढ बहादुर थापाले सामुदायिक बनमा चोरी निकासी घटना नियन्त्रणमा प्रहरीको सधैं सहयोग रहने बताउनुभयो। विभिन्न सामुदायिक बन उपभोक्त समितिका पदाधिकारी र सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण निस्दी सव डिभिजन बन कार्यालय मित्यालका प्रमुख नन्द अधिकारीले गर्नुभएको थियो ।