
पाल्पा रामपुर पाैष १०
समस्या नभएकाले पनि पाल्पाको रामपुर नगरपालिका–६ का किसान आलुखेतीमा हौसिएका छन ।
पाल्पाको रामपुरमा लुम्बीनी प्रदेशको एक पालिका एक उत्पादन अन्तरगत आलु खेति गरिएको छ । रामपुुर नगरपालिका वडा न ६लाई आलु पकेट क्षेत्र बनाउने रामपुर नगरपालिको अभियानमा यस वर्ष प्रदेश सरकारले आलु पकेट क्षेत्रका लागि १७ लाख सहयोग गरेको छ ।

प्रदेश सरकारको एक पालिका एक उत्पादन कार्यक्रम र रामपुर नगरको एक वडा एक उत्पादनले वडाको सहयोगका यस बर्ष कार्यक्रमले सार्थकता पाएको छ ।१२सय रोपनिमा ११सय बोरा आलु लगाईएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताउनु भएको छ । ५५० रोपनीमा क्युनटल ४३२ बोरा वडाले ५० प्रतिशत अनुदानमा कृषकलाई अनुदान सहयोग गरेको छ । लुम्बिनी प्रदेश सरकारले कृषी ज्ञानकेन्द्र पाल्पा मार्फत ६०० रोपनीमा ब्लक निर्माण गरि ६सय ६८ बोरा आलु लगाएको छ ।
यस बर्ष वडा न ६ मार्फत ११लाख किलो आलु उत्पादन गर्ने लक्ष्य रहेको वडाध्यक्ष गौतमले जानकारि दिनु भएकोृ छ ।लुम्बीनी प्रदेश सरकारले २३ लाख आर्थीक सहयोग गरि वडा न ६मा रहेको विजयपुर कृषी सहकारि मार्फत कृषी ज्ञानकेन्द्र पाल्पाले सहयोग गरेको हो । प्रदेश सरकार १० लाख आलु विउ खरीद गर्न पाउने र अन्य रकम आलु लगाउने मेसिन हाले पम्प लगाएत अनुदानमा सहयोग गरेको छ ,।
वडा कार्यालयको सहयोग र स्थानीय किसानको मिहिनेतले र प्रदेश सरकारको लगानीमा यस वर्ष १६ लाख किलो आलु उत्पादन गर्ने अभियान सुरु भएको छ . गत वर्ष झन्डै ८ लाख किलो आलु उत्पादन भएको थियो ।. ‘एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत ६ नम्बर वडाले आलु उत्पादनलाई जोड दिएको हो ।. गत वर्ष आलु लगाउने अभियान सुरु भएको हो ।
अनुदानमा आलुको बीउ दिने मात्र नभई किसानलाई उत्प्रेरणा जगाउने कार्यक्रम गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताउनु भएको छ । ‘जसले गर्दा वडाको अभियान यस वर्ष सफल हने भएको बताउनु हुन्छ,’ उहाँले भन्नु भयो, ‘गत वर्ष झन्डै ८ लाख किलो आलु उत्पादन भएको थियो भने यस वर्ष ११ लाख किलो उत्पादन गर्ने लक्ष्य राखीएको छ .’ गत वर्षको आलुको बीउसमेत स्याङ्जाको गल्याङः नगरपालीकाको शीतभण्डारमा वडाले राखेको थियो . उक्त आलुको बीउसमेत ल्याएर वितरण गरीएको हो । गत बर्ष ६ सय बोरा आलुको बीउ ५० प्रतिशत अनुदानमा वडाले दिएको थियो । यस वर्ष १ हजार १ सय बोरा ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको न्यौपानेको भनाइ छ . किसान आफैंले पनि बीउ किनेर लगाएका छन् ।
बिक्रीको समस्या नभएकाले पनि उनीहरू आलु लगाउन हौसिएका हुन्. ‘रामपुर नगरपालिकालाई आत्मनिर्भर बनाउने मात्र होइन,’ न्यौपानेले भन्नु भयो, ‘यहाँबाट जिल्लाभर र जिल्लाबाहिरसमेत आलु निर्यात गर्ने लक्ष्य र उद्देश्य हो .’ किसानले बिक्री गर्न नसकेको आल’ वडाले खरिद गरेर पनि बिक्री गरिदिने उहाँले बताउनु भयो । रामपुर नगरपालिका–६ का कृषक समुह र व्यक्तिलाई समेत ५० प्रतिशत अनुदानमा आलुको बीउ दिइएको छ । यो वडामा मात्रै कम्तीमा ६ सय घरपरिवारले आलु लगाएका छन् । ‘धान काटेको खेतका साथै बारीमा समेत आलु लगाउनेछौं,’ नदी किनारा आय आर्जन कृषक समुहकी हुमा देवकोटाले भन्नु भयो, ‘अघिल्लो वर्षको तुलनामा यस वर्ष दोब्बर उत्पादन गर्ने योजना छ .’ आफूले मात्रै अघिल्लो वर्ष ४ क्विन्टलभन्दा बढी आलु बिक्री गरेको उहाँको भनाइ छ ।
सिंगो गाउँ आलु खेतीमा लागेपछि गत वर्ष नलगाउनेले पनि यस वर्ष लगाएका छन् । समूहका साथै व्यक्तिगत पनि आलु लगाएका छन् . ‘आलु लगाउन सबै उत्प्रेरित छन्,’ जनजागृति कृषि समूहका अध्यक्ष सिर्जना आचार्यले भन्नु भयो ‘समूहमा नबस्नेहरू पनि अहिले व्यक्तिगत रूपमै आलुलाई व्यावसायिक बनाउन कस्सिएका छन् .’ घरमा खान पनि हुने र बिक्री गरेर आम्दानी पनि हुने भएपछि महिला बढी आकर्षित भएको उहाँले बताउनु हुन्छ । वडा कार्यालयका अनुसार कृषि विशेष क्षेत्रका रूपमा अगाडि बढाउन गत वर्ष किसानलाई विभिन्न कृषिका मल, बीउ, प्रविधि वितरण गरिएको थियो ।
अघिल्लो वर्ष नै आलु पकेट क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यका साथ अनुदानमा आलुको बीउ वितरण गरेको वडा सचिव वासुदेव ढकालले बताउनु भयो . ‘यस वर्षको उत्पादन रामपुर क्षेत्रमा मात्र होइन, निकासी गर्ने गरी नै हुनेछ,’ उहाँले भन्नुभयो । आलु खेती लगाउने प्रविधि, आलुको उत्पादन, मलजल, रोगकीरा नियन्त्रण, बजारीकरणका सम्बन्धमा किसानलाई जानकारी गराएको छ . वडा कार्यालयले किसानलाई सुचना आह्वान गरेर आवश्यक परिमाणमा निवेदन संकलन गरेको थियो . किसानले ३४ हजार किलो आलुको बीउ माग गरेका हुन् ।
सोहीअनुसार बीउ मगाउन भने स्रोत अभाव छ । रामपुरको ६ नम्बर वडाले उत्पादन गरेको आलु छिमेकी स्याङ्जा, तनहँु र नवलपुर क्षेत्रमा समेत पुग्ने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाको भनाइ छ । ‘हामी रामपुरलाई आलुको हब बनाउने गरी अघि बढ्ने तयारीमा छौं,’ उहाँले भन्नु,भयो ‘वडाका लागि आवश्यक सहयोग दिन नगरपालिका सधैं तयार छ ।’
रामपुर क्षेत्रमा मात्रै वार्षिक ६ देखि ८ करोडको आलु आयात हुने व्यापारीहरू बताउँछन् । आलु आयात नभई निर्यात गर्ने योजना अनुसार कार्यक्रम अघि बढ्न’ उल्लेखनीय कार्य रहेको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालको भनाइ छ । रामपुरमा बुटवल, भैरहवाबाट ठूलो परिमाणमा विषादीसहितको आलु र तरकारी भित्रिने गरीरहेको उहाँले बताउनु भयो । तर स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने हो भने यहीँको उत्पादनले धान्ने उहाँले बताउनु भएको छ ।