
धनबहादुर ठाडा / पौष ११ पाल्पा
गाउँवेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड निस्दी-४,मित्यालको नवौं साधारण सभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष रेम बहादुर खनगाहाको अध्यक्षतामा भएको साधारण सभामा अध्यक्षले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदन र व्यवस्थापक लिल रासले २ करोड ७५ लाख २२ हजार ५५ रुपैया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका सहसचिव मोम बहादुर सोमैको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथि निस्दी गाउँपालिका ४ नम्बर वडा कार्यलय मित्यालका वडा अध्यक्ष न्यो बहादुर सुनारी , जनकल्याण आधारभूत विद्यालय मित्यालका प्रधानाध्यापक लोक बहादुर सारु लगायतले आआफ्नो भनाइ राख्नुभएको थियो । सभाको संचालन संस्थाका सचिव तुलाराम खाम्चाले गर्नुभएको थियोे ।