
पौष १० पाल्पा रामपुर
सिताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुर पाल्पाले आठौ वार्षिक साधारणसभा समापन गरेको छ ।

साधारण सभा सस्ंथाका ज्येष्ठ सेयर सदस्य लोकनाथ खनालले उद्घाटन गर्नुभएका हो ।
संस्थाका उपाध्यक्ष दुर्गादेवि आचार्यको स्वागतबाट सुरु भएको कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव विनोद श्रेष्ठले,कोषाध्यक्ष विष्णुदेवि पोखरेलले कोषाध्यक्षको प्रतिवेदन, लेखा लेखा सम्बन्धि सुपरिवेक्षण प्रतिवेदन एकराज अर्याल,पशु बिमाको प्रतिवेदन पशुधन सुरक्षण समिति संयोजक नगिलाल पौडेल, व्यवस्थापक भविनारायण मरासिनीले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्दै दुई करोड ४१ लाख ८ हजार बराबरको आय व्याय जानकारी गराउनुभएको छ ।
संस्थाका अध्यक्ष कृष्णकुमार अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष अर्यालले संस्थाले गत आर्थिक वर्षमा तीन लाख ७१ हजार ८ सय ३५ लिटर बराबरको दुधको कारोबार गरेको बताउनु भएको छ । गत आर्थिक वर्षमा संस्थामा तीन सय २५ पशुको बिमा गरिएको छ । तिन सय ७९ जना सेयर सदस्य आबद्ध छन् । गत पुस ६ गतेबाट सुरु भएको साधारणसभा आज समापन भएको छ कार्यक्रमको सन्चालन सचिव विनोद श्रेष्ठले गर्नु भएको हो ।