‘हेल्पडेम’द्धारा न्यानो कपडा वितरण

बाेलीखबर   १२ पुष २०७७, आईतवार १६:३०

पाल्पा, निस्दी गाउँपालिकामा रोटरी क्लव रामपुर, पाल्पाको संयोजन तथा हेल्पडेमको सहयोगमा सुइटर वितरण गरेको छ । निस्दी ३ झिरुबासको लक्ष्मी मा.वि. र निस्दी ४ मित्यालको गौरीशंकर मा.वि.मा कक्षा १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई जाडोमा लगाउने सुइटर हस्तान्तरण गरेको हो ।

रोटरी क्लवको रोटरी मेम्बर तथा रामपुर बचत तथा ऋण सहकारी संस्था लि. रामपुरका पाल्पा ब्यवस्थापक रामचन्द्र अधिकारी र मनकामना अटो वक्स (बजाज सोरुम) का प्रोपाईटर अर्जुन प्रसाद श्रेष्ठको सहयोगमा १ सय ८० थान सुइटर हस्तान्तरण गरिएको हो । लक्ष्मी मा.वि. झिरुबास विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रुद्र मश्राङ्गीको अध्यक्षतामा भएको कार्यक्रममा रोटरीयन मेम्बर अर्जुन प्रसाद श्रेष्ठले विगतका बर्षहरु देखि निस्दीको विभिन्न वडाहरुमा सहयोग गर्दै आइरहेको बताउनु भयो ।

कार्यक्रमा बोल्दै श्रेष्ठले सामाजप्रति उत्तरदायि हुनु पर्छ भनेर निस्वार्थ भावनाका साथ सहयोग गरेको बताउनु भयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रुद्र मश्राङ्गीले यो सहयोग स्वागत योग्य छ । अत्यन्तै साह्रनीय छ आगामी दिनहरुमा यहाँहरुको उद्देश्य पुरा होस् भनी शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रम शिक्षक यम बहादुर झेडीको संचालनमा सम्पन्न भएको थियो ।

त्यस्तै गौरीशंकर मा.वि. निस्दी ४ मित्यालमा पनि १ देखि ५ कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरु सुइटर हस्तान्तरण गरेको छ । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष भुपेन्द्र सुनारीको अध्यक्षतामा भएको कार्यक्रम प्रधानाध्यापक केश बहादुर सुनारीको स्वागत मन्तब्यबाट सुरु भएको थियो । कार्यक्रममा रोटरी क्लब रामपुरका सचिव सूर्यप्रसाद घिमिरे, रोटरीयन मेम्बर रामचन्द्र अधिकारी, अर्जुन प्रसाद श्रेष्ठले कार्यक्रम बारे बोल्नु भएको थियो ।