
पाल्पा । शहीद बहुमुखी क्याम्पस रामपुर, पाल्पाको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेवि संघ) काे प्यानलै विजयी भएको छ । स्ववियु सभापतिमा नेवि संघका ल्याकत अलिकाे प्यानल नै विजयी भएको हो ।
सभापतिमा निर्वाचित अलीले ३ सय २४ मत प्राप्त गरे । प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार सन्देश ढकाल ले २ सय ९२ मत प्राप्त गरेका थिए।
त्यस्तै सचिवमा नेवि संघका रमेश पोखरेलले ३ सय ४६ मतका साथ विजयी भएकाे थिए । प्रतिद्वन्द्वी अनेरास्ववियुका रमा श्रेष्ठले २ सय ६५ मत ल्याइन ।
कोषाध्यक्षमा तिलक सारुले ३ सय ३१ मत ल्याएर विजय भए । प्रतिस्पर्धि दुर्गा वि.क. ले २ सय ७७ मत प्राप्त गरिन् ।
सदस्यहरुमा नेवि संघबाट कसम मल्ल ठकुरी ३ सय ५९ मत, कविता राना ३ सय ३७ मत, जयन्ती दर्जी ३ सय १२ मत, अस्मिता खनाल ३ सय २४ मत र महेश राक्से ३ सय २० मत सहित निर्वाचित भएका छन् । सदस्यमा अनेरास्ववियुका उम्मेदवारहरु अनिता श्रेष्ठले २ सय ४५, जानकी बयम्बुले २ सय ६०, समर बहादुर खन्गाहाले २ सय ८९, राजन गौतमले २ सय ८२ र सम्बोधन खनालले २ सय ६२ मत प्राप्त गरेका थिए ।
शहीद बहुमुखी क्याम्पसमा प्रत्यक्षमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानल र अनेरास्ववियु विच कडा प्रतिस्पर्धा भएको थियो ।