
पाल्पाको रामपुर नगरपालिकामा ५८ औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मुलन दिवस एक कार्यक्रम गरि मनाएको छ। दलित अधिकारका लागि साझा अभियान पाल्पाको आयोजना , दलित बर्ग उत्थान समन्वय समितिको सह- आयोजना र रामपुर नगरपालिकाको सहयोगमा कार्यक्रम भएको हो।
“सामाजिक न्यायका लागि विभेद मुक्त समाज निर्माण गरौं ” भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रम दलित अधिकारका लागि साझा अभियान पाल्पाका अध्यक्ष बिस्णु बोमरेलको अध्यक्षता तथा लुम्बिनी प्रदेश सांसद माननीय राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
दलित अधिकारका लागि साझा अभियानका पुर्व अध्यक्ष तिर्थ गौतमले सदियौ देखिको रंग र जातको आधारमा भएका विभेद र त्यस्को न्यूनीकरणका लागि अहिलेसम्म गरिएका गतिविधिका बारेमा अबधारणापत्र सहित आफ्ना भनाइ राख्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि माननीय राजु प्रसाद श्रेष्ठले राज्यका हरेक ठाँउ बाट आफ्ना हक अधिकार सुनिस्चित गर्नका लागि जुटेका दलित समुदायका उत्थान र भेदभाव रहित समाज स्थापनाका लागि आफ्ना समुदाय भित्रका कमि कमजोरी हरुलाइ सुधार गरेर परिबर्तनका लागि पहल हामी सबै मिलेर गर्नुपर्ने र अहिलेको परिबर्तन शिल जमानामा पनि जातका आधारमा विभेद हुनु भनेको आफैमा निकै लजास्पदको कुरा रहेकोे र परिवर्तनका लागि अब सबै मिलि लाग्नुपर्ने त्यस्का लागि आफुले गर्नुपर्ने भुमिका प्रती प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियोे ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष कृष्ण बहादुर दर्जी, ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, वडा नं ६ का वडाध्यक्ष दिवाकर देवकोटा, रामपुर नगरपालिकाका निवर्तमान उपप्रमुख विष्णुदेवि घिमिरे आचार्य, दलित वर्ग उत्थान समन्वय समिति रामपुरका पुर्व अध्यक्ष अर्जुन सुनार, नेकपा माओवादी केन्द्र रामपुरका अध्यक्ष यम बहादुर सुनार, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य एवं साझा अभियान पाल्पाका पूर्व अध्यक्ष मिलन विश्वकर्मा,दर्शन ठकुरी समाज महासंघ नेपाल जिल्ला कार्यसमिति पाल्पाका अध्यक्ष क्याप्टेन हिमाल मल्ल, एकीकृत मगर उत्थान समाज संघ रामपुरका अध्यक्ष क्याप्टेन देवबहादुर थापा मश्राङ्गी, मुस्लिम संघ पाल्पाका जिल्ला उपाध्यक्ष मोहम्मद अजिम शेख, रामपुर नगरपालिकाका कार्यपालिका सदस्य माया नेपाली, रामपुर ७ का वडा सदस्य मिठ्ठुमाया सुनार, टीका सुनार, गोविन्द भट्टराई लगायतले विभेदरहित समाज निर्माणका लागि जुटेर लाग्नुपर्ने जस्ता आ- आफ्ना भनाई राख्नुभएको थियो।
दलित अधिकारका लागि साझा अभियान पाल्पाका उपाध्यक्ष दिनेश गन्धर्वको स्वागत बाट सुरु भएको कार्यक्रममा दलित समुदाय बाट जनप्रतिनिधि सम्म पुगि निभाउनुभएको भुमिका प्रती २ न. वडाअध्यक्ष कृष्ण दर्जी र कार्यपालिका सदस्य माया नेपाली लाई सम्मान गरिएको थियो।
