
लुम्विनी प्रदेशका १२ वटा जिल्लाका प्रेस चौतारी नेपालका पदाधिकारीहरु लाई दुई दिने लेखा व्यबस्थापन तालिम तानसेनमा शुरु भएको छ । तालिमको शुभारम्भ गर्दै प्रेश चौतारी नेपालका केन्द्रिय महासचिव हिरामान लामाले संगठन लाई आर्थिक रुपम पारदर्शी बनाउन, हिसाव किताव राम्रो राख्न, चुस्त दुस्त तालिम निकै प्रभावकारी भएको बताउनु भएको छ ।
अहिले राजनतिक संघ संघठन देखी तिनका भातृ संघ संगठनमा मौखिक हिसाव किताव भएपनि व्यस्थित लेखा प्रणाली नभएकोले अवस्थामा यो तालिमले चौतारीका सबै शाखाहरु लाई नयाँ अभियानमा जोडेको महासचिव लामाले बताए । जुन संस्थामा आर्थिक पारदर्शी हुन्छ त्यो संस्था चलायमान गतिशित र सबैको विश्वासिलो संस्थाको रुपमा परिचित हुने भएकोले अव प्रेस चौतारी नेपालले पाल्पाको सिको गर्दै देशभरी यो अभियान संचालन गर्ने महासचिव लामाले बताउनु भएको छ ।
प्रेश चौतारी नेपाल श्रमजीवी पत्रकारहरुको संगठन भएकोले यसमा क्रियासिल पत्रकारहरु व्यबसायिक जनमुखी पत्रकारकारको रुपमा स्थापित हुदै गएकोले महासचिव लामाले बताउनु भएको छ । कार्यक्रममा संगठनमा लुम्विनी प्रदेशकी महासचिव निरु गौतमले संगठनलाई व्यस्थित, कानुनी रुपमा पारदर्शी बनाउदै चलाउने जिम्मेवारी बढी अध्यक्ष र कोषाध्यक्षको रहेकोले १२ जिल्लाका अध्यक्ष र कोषाध्यक्ष लाई लक्षित गरी लेखा व्यबस्थापनको तालिम आयोजना गरिएको बताउनु भएको छ ।
संगठन संचालन गर्नको लागी आम्दानी खर्च दुबै पाटो जरुरी भएकोले हिसाव किताव पनि व्यस्थित लेखा प्रणाली बाट राख्नुपर्ने हुदा २ दिने तालिमको आयोजना गरिएको लुम्विनी प्रदेशकी महासचिव गौतमले बताईन । प्रेश चौतारी नेपाल पाल्पा शाखाको आयोजनामा प्रेश चौतारी नेपाल लुम्विनी प्रदेशको समन्वय, होटल पौवाको सहकार्यमा तालिम संचालन भएको हो । प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा चौतारीका केन्द्रिय सदस्य एवं पाल्पा ईन्चाज मिलन विश्वकर्माको स्वागत र सचिव नारायण न्यौपानेको संचालनमा भएको थियो ।
लेखा व्यबस्थापन तालिममा लेखा परिक्षक दिवाकर अर्यालले कार्यालय व्यबस्थापन, नगदी रसिद, गोश्वरा भौचर, वैक नगदी किताव, बजेट सिट, पेश्की खाता, मास्केवारी खर्चको फाँटवारी, डे बुकको बारेमा प्रशिक्षण दिएका छन । पत्रकार महासंघ पाल्पाका पुर्व सचिव किरण कौशलले स्थानीय र प्रदेश सरकारका विषयमा बस्तुमा रिपोटिङ्ग गर्नुपर्ने विषयबस्तु, डा राम बहादुर राउतले संस्थाको कोष बृद्धि, आर्थिक प्रतिवेदन तयार विधीको विषयमा प्राध्यापक गुराश आत्रेय, लेखा परिक्षण र बेरुजुका विषयमा लेखा अधिकृत चण्डीराज बस्यालले सहजीकरण गर्नु भएको छ ।

