
पाल्पा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई सिंह र अन्य पार्टीलाई स्यालको बथानको संज्ञा दिएका छन् ।
एमालेको मिसन ग्रासरुट अभियानको क्रममा मंगलबार पाल्पाको तानसेनस्थित दमकडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एक्लै लडिरहेको छ र एक्लै लड्छ । वास्तवमै अन्तरिक र बाह्य अनेक प्रकारका सबै प्रकारका चौतर्फी हमलाहरुका विचमा नेकपा एमाले एक्लै लडिरहेको छ र एक्लै लड्छ ।
उहाँले भन्नुभयो, “ तपाईहरु एक्लो परियो भन्ने होईन ।” एमालेलाई सिंह र अन्य पार्टीलाई स्यालको बथानको संज्ञा दिदै ओलीले भन्नुभयो, “सिंह एक्लै हिड्छ, स्यालहरुको बथानमा हिड्छ । स्यालहरु एक्लै हिड्यो भने असुरक्षित हुन्छ । सिंह एक्लै एक्लै लमक लमक हिडिराख्या हुन्छ । यसो वरिपरि नियाल्दै नियाल्दै हिडिराख्या हुन्छ । उललाई आफुलाई कसैले शिकार गर्न सक्छ भन्ने पत्यार हुँदैन । बरु शिकार भेटिन्छ कि भनेर हिडिराख्या हुन्छ ।”
साथै ओलीले आफूलाई फेरी प्रधानमन्त्री बन्ने लोभ नभएको बताउनुभएको छ । अब फेरी प्रधानमन्त्री बन्ने आफूलाई कुनै लोभ नभएको उल्लेख गर्नुभयो । ‘मलाई अब प्रधानमन्त्री हुने कुनै रहर छैन ओलीले भन्नुभयो त्यसैले देशको पक्षमा, जनताको पक्षमा, आम किसानको पक्षमा बोल्न कुनै डर छैन ।’ म प्रधानमन्त्री भएर देश र जनताकाे पक्षामा के गरे त्यो तपाइँहरूले देखिसक्नुभयो ओलीले भन्नुभयो ।
वर्तमान सरकार सीमा मिचिदा समेत बोल्न नसकेको बरु नदेखेझैँ गरी नाटक गरेको ओलीको भनाई छ । आफू प्रधानमन्त्री भएका बेला गरेका सीमा फराकिलो बनाएको, आर्थिक सूचक सुधार गरेको, विदेश जाने युवालाई रोकेको र अर्थतन्त्र सुधार गरेको अध्यक्ष ओलीको दावी छ ।
अध्यक्ष ओलीले देशमा अब स्थिरता ल्याउन एमालेले बहुमत ल्याउनुपर्ने जिकिर गर्नुभयो । एमालेले बहुमत ल्याएको खण्डमा स्थिरता कायम हुने र त्यसपछि विकास निर्माणले र समृद्धिले गति लिने उहाँको भनाई छ ।
देश अहिले अर्थतन्त्रको सङ्कटमा रहेपनि त्यसलाई सुधार गर्नतर्फ सरकार गम्भीर नभएको ओलीको भनाई छ । देशलाई आर्थिक सङ्कटबाट मुक्त गर्नका लागि स्वदेशमै उत्पादन भएका बस्तुको बिक्रीमा नलागेर सरकार कमिसनतर्फ दौडिरहेको दावी गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली, पार्टीका सचिव छविलाल विश्वकर्मा, पोलिटव्यूरो सदस्य ठाकुर गैरे, खिमलाल भट्टराईलगायतले एमालेलाई ‘मिसन ग्रास रुट’ अभियानले स्थापित गर्ने बताउनुभयो ।
जिल्लाभरका तीन हजार बढी अगुवा कार्यकर्ताहरू भेलामा सहभागी रहेको एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले जानकारी दिनुभयो । कार्यक्रम एमाले पाल्पाका अध्यक्ष घिमिरेकाे अध्यक्षता, सचिव भाेजराज रामजी पाेखरेलकाे संचालनमा सम्पन्न भएकाे थियाे ।
तस्बिरः दिपक विश्वकर्माकाे फेसबुकबाट