‘रानीमहलमा’ राधिकासँग केपी ओलीको सेल्फी

बाेलीखबर   १५ चैत्र २०७९, बुधबार १४:०५

पाल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लाको भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल पुगेका छन् ।

एमालेको मिसन ग्रासरुट अभियानको सिलसिलामा पाल्पा पुगेका ओलीले बुधवार बिहान कालीगण्डकी किनारमा रहेको रानीमहल पुगेर सेल्फी लिएका हुन् ।

ओलीले हिजो कालीगण्डकी किनारमा रहेको तीन जिल्ला जोड्ने पुल र सोमवार गुल्मीको रेसुङ्गा भ्रमण गरेका थिए ।

पाल्पाली ढाकाको कोट लगाएका ओलीले पत्नी राधिका शाक्यसँग सेल्फी लिएको सामाजिक सञ्जालमा शेयर भएको छ ।

ओलीले आजै पाल्पाको सिद्धबाबा क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ ।