सुचना/ प्रविधि

इस्लामिक सक्रिय युवा समाजद्वारा सडक बत्ती बिस्तार

  २० कार्तिक २०७९, आईतवार १४:४३        बोली खबर

पाल्पा । रामपुर नगरपालिका–४ पाल्पामा सक्रिय रहेकाे इस्लामिक सक्रिय युवा समाज ले सडक बत्ती मर्मत संगै थप विस्तार गरेको छ । रातको समयमा हुन सक्ने चोरी तथा अन्य दुर्घटना न्यूनिकरणको लागि समाजले यस अघि विभिन्न स्थानका पोलहरू बत्ती जडान गरेको थियो । क्लवले यस अघि जडान गरिएको सडकको पोल...

नवलपुरको बुलिङटारमा बस दुर्घटना, ५ जनाको मृत्यु 

  १३ कार्तिक २०७९, आईतवार ०७:५६        बोली खबर

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस पूर्व नवलपरासीको बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी घाइते भएका ३० जना उद्धार गरिएको छ। प्रहरी चौकी बुलिङटारका अनुसार दुर्घटनामा पाँच जनाको शव भेटिएको र अन्यको खोजी भइरहेको...

निस्दीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

  ६ कार्तिक २०७९, आईतवार १४:०१        बोली खबर

पाल्पा । निस्दीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । निस्दी गाउँपालिका – ३ , झिरुबास, झिरुदीको ३७ वर्षीय दान बहादुर राईको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो । बिहीबार राति साथीहरूसँग नजिकैको जंगलमा अरिङ्गाल पोल्न जाने क्रममा अरिङ्गालको टोकाइबाट राईको मृत्युु भएको स्थानीय चित्र बहादुर रानाले बताएका छन् ...

रामपुरमा युवाहरुकाे आर्थिक सहयाेगले बिजुली बत्ती बल्याे

  १५ आश्विन २०७९, शनिबार १३:५२        बोली खबर

पाल्पा ।  रामपुर ३ जाल्पेमा जनज्याेति युवा क्लबले बैदेशिक राेजगारीमा रहेका युवाहरुकाे अार्थिक सहयाेग गरेकाेछ ।  गण्डकीढिक बाेटेगाँउ, जाल्पे, घट्टार, निस्दीखाेला, अधेरीखाेलामा ३८ वटा पाेल बिजुली बत्ती बाल्न सहयाेग गरेकाे हाे । सडक बत्तीकाे उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बैदेशिक राेजगारीमा आफुले कमाएकाे रकम कटाैती...

विद्युत् सुविधाले दिएको खुसी

  ६ आश्विन २०७९, बिहीबार १०:०४        बोली खबर

पाल्पा। निस्दी गाउँपालिका-४ स्थित लामेदमारका ७९ वर्षीय तुलबहादुर सोतीले विद्युत् सेवाका लागि सात हजार रकम १४ वर्ष अघि बुझाए । रकम बुझाएको लामो समयसम्म गाउँमा विद्युत् सेवा नपुग्दा उहाँलाई बत्ती बाल्न पाइन्छ कि पाइँदैन भन्ने दुविधा थियो । धेरै समयको पखाई पश्चात भने अहिले बत्ती बाल्न पाउँदा उनी औधी...

रामपुरकाे गंगा माबिमा भुपु विद्यार्थी समाजले प्रवेशद्धार बनाउने

  २५ भाद्र २०७९, शनिबार ०८:३२        बोली खबर

पाल्पा । गंगा माध्यामिक विद्यालय रामपुर नगरपालिका वडानम्बर ८ पाल्पामा भुपु विद्यार्थी समाजको सहयोगमा प्रवेशद्धारको निर्माण गरिने भएको छ । विद्यालयको दक्षिणपट्टि बन्ने प्रवेशद्धार भुपु विद्यार्थी समाजको पहलमा निर्माण गरिने भएपछि शुक्रबार शिलन्यास गरिएको छ । समाजका अध्यक्ष जनक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवान...

डोजर लगाएपछि बालेनले लेखे- मैले के बिराएँ ?

  ९ भाद्र २०७९, बिहीबार १७:०५        बोली खबर

काठमाडौं । अवैधरूपमा बनाइएका संरचना भत्काउने क्रममा आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाए । उनको यो एक्सनले सामाजिक सञ्जालमा व्यापक समर्थन पाएको छ । सामाजिक सञ्जालको समर्थनले बालेन पनि उत्साहित देखिन्छन् । डोजर चलाउन निर्देशन दिएर अल्फाबिटाबाट हिँडेलगत्तै उनले एउटा स्टाटस पोस्ट गरेका छन्...

रामपुरमा नेपाल टेलिकमको उच्च गतिको फाइवर इन्टरनेट

  ४ श्रावण २०७९, बुधबार ११:३०        बोली खबर

पाल्पा । नेपाल टेलिकम दुरसञ्चार कार्यालाय पाल्पाले रामपुर नगरपालिका अन्तर्गत रामपुर बजारका विभिन्न क्षेत्रमा फाइबर टु दि होम (एफटिटिएच) प्रविधि मार्फत उच्च गतिको इन्टरनेट सेवा तिब्र रुपमा वितरण शुरु गरेको छ । कार्यालयले नेटवर्क सकेको पहिलो सातामै ५५ भन्दा बढ्री ग्राहकहरुको घरमा एफटिटिएच सेवा जडान गरिसकेको टेलिकमले जनाएको छ...

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

  १६ जेष्ठ २०७९, सोमबार ०९:४८        बोली खबर

काठमाडौं । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।  तारा एयरको विमान मुस्ताङको थासाङ-२  स्थित मानापाथी हिमालको फेदमा भेटिएको प्रहरीले जनाएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पनि विमान भेटिएको पुष्टि गरेका छन् । तारा एयरका अनुसार उक्त विमानमा चालक...

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको आन्दोलनकारीलाई पाल्पा प्रहरीले पक्राउ

  १२ जेष्ठ २०७९, बिहीबार १५:११        boli khabar

तानसेन : पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आन्दोलन गर्दै आएका ६ जना आन्दोलनकारीलाई पाल्पा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा युवा संघ र अनेरास्वयुवियुका नेता तथा कार्यकर्ता रहेका छन्। युवा संघ र अनेरास्वयुका कार्यकर्ताले मूल्यवृद्धिको विरोधमा सरकारी सवारी साधन रोक अभियानको क्रममा प्रहरीले तानसेन आन्दोलन चोकबाट ६ जनालाई पक्राउ...