सुदूरपश्चिम

भारतको चारदिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड दिल्ली प्रस्थान

  १७ जेष्ठ २०८०, बुधबार १३:४७        बोली खबर

काठमाण्डाैं । चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड बुधवार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका हुन् । सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र मन्त्रीहरूले प्रधानमन्त्रीलाई विमानस्थलमा बिदाइ गरे । ४७ सदस्यीय सरकारी...

विद्या भण्डारीले अस्वीकृत गरेको नागरिकता विधेयक ९ महिनापछि रामचन्द्र पौडेलले गरे प्रमाणीकरण

  १७ जेष्ठ २०८०, बुधबार १२:२८        बोली खबर

काठमाण्डाैं । गत असोजमा तत्कालीन प्रतिनिधि सभाले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले बुधवार नागरिकता विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । संघीय संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक २०७९ साउन १६ गते प्रमाणीकरणको लागि पठाइएकोमा तत्कालीन...

प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै, यि बिषयहरूमा हुनेछ छलफल

  १७ जेष्ठ २०८०, बुधबार १०:४३        बोली खबर

काठमाडौँ । चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्दै हुनुहुन्छ । गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष प्राथकितामा राखेको सन्दर्भमा प्रधानमन्त्री दाहालको यो पहिलो औपचारिक भारत भ्रमण हो । भ्रमणलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री...

आज १६औं गणतन्त्र दिवस मनाइँदै

  १५ जेष्ठ २०८०, सोमबार ०९:४३        बोली खबर

काठमाडौं । गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने...

राष्ट्रिय पुरुष बिच भलिबल रानीमहलमा, उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेश भिड्ने

  २८ बैशाख २०८०, बिहीबार १०:११        बोली खबर

पाल्पा । पाल्पाको रानीमहलमा बिहीबारबाट सुरु हुने राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच पहिलो खेल हुने भएको छ । बुधबार राती अबेर गरिएको लक्की ’ड्र’ अनुसार प्रतियोगिताको उद्घाटन खेलमा समूह ए अन्तर्गत आर्मी र लुम्बिनी भिड्ने पक्का भएको हो । पाल्पाको रानीमहल...

इस्लाम धर्मावलम्वीले आज इदुलफित्र पर्व मनाउँदै

  ९ बैशाख २०८०, शनिबार ०८:०६        बोली खबर

पाल्पा । इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदैछ । यो पर्वका लागि मुस्लिम समुदाय एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । बिहानको समय ३:२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने ब्रतालु सूर्यास्त भएपछि...

प्रकाश सपूतको ‘सकम्बरी’ करोड क्लबमा

  ७ बैशाख २०८०, बिहीबार १७:३१        बोली खबर

काठमाडौं । गायक प्रकाश सपूतको चर्चित र विवादित गीत सकम्बरी करोड क्लवमा प्रवेश गरेको छ । युट्यूबमा रिलिज भएको सातौं दिनमै गीतले एक करोड भ्यूज बटुलेको हो । सकम्बरी गीत युट्यूबमा रिलिज गरेको २४ घन्टाभित्रै नेपालको ट्रेन्डिङ नम्बर १ मा उक्लेको थियो । यो गीत अहिले पनि १ नम्बरबाट...

बुटवल–पाल्पा सडक खण्ड दैनिक नौ घण्टा अवरुद्ध हुने

  २१ चैत्र २०७९, मंगलवार १७:०४        बोली खबर

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड दैनिक नौ घण्टा अवरुद्ध हुने भएको छ । सडकखण्डअन्तर्गत बन्दै गरेको द्धबाबा सुरुङ मार्ग निर्माणका लागि मङ्गलबारदेखि दैनिक नौ घण्टा सडक बन्द हुने भएको हो । निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु गरेको...

‘रानीमहलमा’ राधिकासँग केपी ओलीको सेल्फी

  १५ चैत्र २०७९, बुधबार १४:०५        बोली खबर

पाल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लाको भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल पुगेका छन् । एमालेको मिसन ग्रासरुट अभियानको सिलसिलामा पाल्पा पुगेका ओलीले बुधवार बिहान कालीगण्डकी किनारमा रहेको रानीमहल पुगेर सेल्फी लिएका हुन् । ओलीले हिजो कालीगण्डकी किनारमा रहेको तीन जिल्ला जोड्ने पुल...

एमाले सिंह हाे, एक्लै हिड्छः एमाले अध्यक्ष ओली

  १५ चैत्र २०७९, बुधबार ११:५७        बोली खबर

पाल्पा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई सिंह र अन्य पार्टीलाई स्यालको बथानको संज्ञा दिएका छन् । एमालेको मिसन ग्रासरुट अभियानको क्रममा मंगलबार पाल्पाको तानसेनस्थित दमकडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एक्लै लडिरहेको छ र एक्लै लड्छ । वास्तवमै अन्तरिक र बाह्य अनेक...