लागूऔषधसहित दुई युवक प्रहरी नियन्त्रणमा

     

स्याङ्जा, लागूऔषधसहित दुई युवकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरीको टोलीले पुतलीबजार नगरपालिका–११, सुम्रेखोला बाट दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा भीरकोट नगरपालिका ३ का ३२ वर्षीय अनिल क्षेत्री...

जेष्ठ नागरीकहरुको लागी अभिमुखीकरण कार्यक्रम रामपुरमा सम्पन्न

     

जेष्ठ नागरीकहरुको लागी अभिमुखीकरण कार्यक्रम रामपुरमा सम्पन्न भएको छ। जेष्ठ नागरीकहरुका संबैधानिक कानुनी अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम रामपुरमा सम्पन्न भएको ।सामाजिक बिकास डिभिजन कार्यालय तानसेन पाल्पाको आयोजना र जेष्ठ नागरीक संघ पाल्पाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।सामाजिक बिकास...

समाचार

लागूऔषधसहित दुई युवक प्रहरी नियन्त्रणमा

स्याङ्जा, लागूऔषधसहित दुई युवकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरीको टोलीले पुतलीबजार नगरपालिका–११, सुम्रेखोला बाट दुई जनालाई नियन्त्रणमा लिएको हो ।...

मनोरञ्जन

…यसरी सकियाे ‘दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव’ (१७ फाेटाेमा)

पाल्पा। निस्दी गाउँपालिकामा दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव सकिएको छ । निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा गत चैत २६ देखि सुरु भएको मेलाको बैशाख ३ गते सोमबार विधिवत रुपमा समापन गरिएको हो । ‘कृषि पर्यटन संस्कृति र...

मोडल

अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा हाजिरजवाफ प्रतियोगीता सन्चालन

बर्षा शिवाकाेटी

सदिच्छा श्रेष्ठ

भिडियो

पाल्पा । ‘महिलामा लगानी सभ्य र सम्मुनत समाज थालनी’ भन्ने मुल नाराका साथ ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला देशभर विभिन्न कार्र्यक्रम गरि मनाईएको छ । सधै भाषण र नारामा समेटिएको महिला दिवस हिजो भने अली फरक अनुभुति भएको देखिन्थ्यो । महिलाहरु अलि फरक हातमा कापी र कलम लिएर उभिएको पाईएको थियो । कार्यक्रम थियो अन्तरवडा स्तरीय आमा समुहहरुको हाजिरी जवाफ प्रतियोगिता जसको आयोजना अखिल नेपाल महिला संघ रामपुर नगर कमिटी पाल्पाले गरेको थियो ।
महिलाका सन्र्दभमा, समसामहिक घटना क्रम, उत्कृष्ठ महिलाका ईतिहास गाउँखाने कथा जस्ता विषय समेट्रिएको हाजिर जवाफ प्रतियोगितामा महिलाहरुले रमाईलो मानिमानि भागलिनु भएको थियो ।
प्रतियोगितामा भिमसेन महिला बिकाश आमा समुह रामपुर ४ को समुह प्रथम हुन सफल भएको छ । त्यसैगरी समाज सुधार आमा समुह रामपुर ५ दित्तिय, शितलनगर आमा समुह रामपुर ३ तृतीय र समाज सुधार आमा समुह रामपुर ६ को समुह सान्तवना भएका छन ।बिजेता समुहहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । रामपुर नगरपालिका वडा नम्बर ५ कान्जिहाउसमा रहेको रेशम सभाहलमा भएको प्रतियोगितामा ९ वटा आमा समुहको सहभागिता रहेको थियो ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य दुर्गादेबि रानाले महिलाहरुको हकहित र अधिकारका लागी अखिल नेपाल महिला संघले बिगतदेखि शसक्तरुपमा लड्दै आएको बताउनु भएको छ । नेपालको नयाँ संविधानमा धेरै अधिकार र आरक्षणको ब्यबस्था गराउन सफल भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य युबराज खनाल, लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले नेपालको हरेक परिवर्तनमा महिलाहरुले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँहरुले पुरुष र महिलाहरुका बीचमा भएको असमानता हटाउन अखिल नेपाल महिला संघले धेरै राम्रो काम गरेको बताउनुभयो ।
कार्यक्रममा रामपुर ७ का वडा कमिटी अध्यक्ष खेमराज गौतम, प्रतियोगी समुहहरुको तर्फबाट सरस्वती सोमै लगायतले प्रतियोगिता सफलताको शुभकामना दिनुभएको थियो । अखिल नेपाल महिला संघका नगर कमिटि अध्यक्ष राधिका भण्डारिको अध्यक्षता, सचिब सन्जु परियारको संचालन र सहसचिब देबी मगरले स्वागत गर्नुभएको थियो । प्रतियोगीताको सन्चालन शिक्षक दोय रस्मिता पोखरेल र कृष्णकला कंडेलले गर्नुभएको थियो ।

अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा हाजिरजवाफ प्रतियोगीता सन्चालन