गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले कालीगण्डकी डाईभर्सन अघाडि बढ्न नदिने

बोलि खबर   १४ असार २०७८, सोमबार ०६:०३

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले कालीगण्डकी नदि मात्रै नभएर समग्र राष्ट्रको सभ्यता भएको बताउदै डाईभर्सन कुनै हालतमा अघि बढन नदिने बताएका छ्न ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शनिबार बुटवलमा कालीगण्डकी डाइभर्सन आयोजनाको कार्यालय उदघाटन गरेको सार्वजनिक भए लगत्तै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले त्यसप्रति विमति राख्दै उक्त आयोजना कुनैपनी हालतमा अगाडि बढ्न नदिने बताएका हुन ।

मुख्यमन्त्री पोखरेलले भने ‘गण्डकी प्रदेश सरकारसंग समन्वय नै नगरी एकतर्फी ढंगले डाइभर्सन आयोजना अघि बढाएर सरकारले प्रदेश प्रदेशबीच द्वन्द्व निम्त्याउने काम गर्दैछ’ उक्त डाइभर्सनको यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारले पनि विरोध गर्दै आएको थियो।

मुख्यमन्त्री नेपालीले कालीगण्डकी नदीमात्र नभएर समग्र राष्ट्रकै सभ्यता भएको उल्लेख गर्दै गण्डकी प्रदेशको मुस्ताङबाट सुरु भएर देवघाट हुँदै त्रिवेणीसम्म पुगेको यस नदीले सांस्कृतिक, पर्यावरणीय, आर्थिक, सामाजिक र राजनीतिक महत्व समेत बोकेको बताउनु भएको छ ।

उहाले गण्डकी प्रदेशसँग कुनै समन्वय नै नगरी आयोजना कार्यालय उद्घाटन भएपछि प्रदेशवासीलाई झस्काएको बताउँदै नीति तथा कार्यक्रममा यो आयोजना समेटिएसँगै गण्डकी र लुम्बिनी क्षेत्रमा विरोध हुँदै आएको समेत स्मरण गराउनु भएको छ।