
पाल्पा । रामपुरमा निर्माण भएको रामपुर फन पार्कको संचालन अन्तिम तयारीमा रहेको छ । आइकोनिक ग्रुप प्रा.लिले रामपुर फन पार्क संचालनमा ल्याएको हो ।
रामपुर नगर पालिकाको वडा नं. ५ मटेरी ठुलटारमा संचालन हुन लागेको रामपुर फन पार्क आन्तरिक तथा बाह्य पर्यटकीय भित्रयाउने उद्देश्यले रामपुर फन पार्कको अवधारणा ल्याएको प्रा.लि.का अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताए ।
रामपुर ५ मटेरी ठुलटारमा रहेका कृयाशिल १२ जना युवाहरुद्धारा आइकोनीक ग्रुप प्रा.लि.दर्ता गरी करिब १० रोपनी जग्गाको क्षेत्रफलमा निर्माण भएको फन पार्क ३ करोडको लगानीमा संचालनमा आउन लागेको संचालक प्रेमप्रकाश ढकालले बताए ।
रामपुरबासीको मागलाई मध्यनजर राख्दै फन पार्कमा अहिले बालउद्यान अन्तर्गत मनोरञ्जनका खेलहरु पिङ, डुङ्गा, मनोरेल लगायतका खेलहरु संचालनमा आएको छ । फन पार्कमा पार्टी प्यालेस स्वाइमिङपुल समेत रहने बताएका छन ।
रामपुरलाई रामजानकीकाे नामले चिनाउने हाम्राे प्रयास हाे । किन भने बाह्रय पर्यटकहरू मुक्तिनाथ दर्शन गर्न यही बाटाे प्रयाेग हुने भएकाले दीर्घकालिन याेजना बनाएर हामीले याे काम थालनी गरेकाे संचालक दिपेन्द्र भट्टराईले बताए । उनले देवघाट देखि मुक्तिनाथ जाेड्ने करिडाेरकाे बाटाे बिस्तारसंगै आन्तरिक तथा बाह्रय पर्यटकलाई भित्र्याउने लक्ष्य राखेकाे समेत बताए ।
आइकोनिक ग्रुप प्रालि.ले भविष्यमा कृषि हवको आवधारणाका साथै शिक्षा, स्वास्थ्य मनोरञ्जन लगाएतका योजनाहरु समेत रहेको जनाएको छ ।