

पाल्पा । निस्दीमा प्रथम निस्दी पर्यटन मिनी महोत्सव–२०८० हुने भएको छ । अगामी २०८० जेष्ठ २७ गते शनिवार पूर्व पाल्पाको प्रख्यात मगर संस्कृति संग्राहलयको भवन निस्दी–३ काउलेडाँडामा हुन लागेको हो ।
स्थानीय भाषा कला, अनि संस्कृतिको जगेर्ना गरौ भन्ने मूल नाराका साथ पर्यटन प्रवद्र्धनका लागि प्रथम निस्दी मिनी महोत्सब–२०८० गर्न लागेको आयोजकले जनाएको छ ।
महोत्सवमा निस्दीकाे ‘आन्तरिक तथा वाह्य पर्यटकको लागि नयाँ सम्भावनाको खोजी र त्यसको प्रचार प्रसार गर्दै समग्र पर्यटन विकासको लागि भूमिका खेल्ने उद्देश्य स्वरुप महाेत्सव गर्न लागेकाे संयाेजक रिक्नु राई मगरले बताए । महाेत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थिती रहने, निस्दीलाई झल्काउने अन्तर वडा स्तरीय झाँकी नाच प्रर्दशनका साथै नवदित प्रतिभाहरुको खोजी गर्ने सांस्कृतिक संयोजक दिल घर्तिमगरले बोलीखबरलाई जनाएको छ ।
निस्दी लोक चौतरीको आयोजनामा हुन लागेको मिनी महोत्सव–२०८० निस्दी गाउँपालिकाले आर्थिक संयोजन गरेको छ । महोत्समा निस्दी लोकचौतरी क्लबको लाईभ दोहोरी समेत रहने क्लबका सचिव झलक सारुमगरले जनाएको छ ।
महोत्सवमा विभिन्न संघ संस्थाका प्रमुख उद्योगी ब्यवसायी, नेपाल सरकारका विशिष्ट ब्यक्तिहरुको आतिथ्यतामा कार्यक्रम संचालन हुने आयोजनकले जनाएको छ । मिनी महोत्सवलाई प्रचार प्रसारमा सहयोग पुग्ने उद्देश्यले बोलीखबर डटकम, मेरो खबर टिभी, सुनारी फिल्म प्रा.लि., रानीमहल खबर, पृथ्वी टेलिभिजन तथा सामुदायिक रेडियो रामपुरलाई मिडिया पार्टनर बनाएको छ ।


