रामपुर अस्पताललाई ५ वटा डाइलासिस मेसिन हस्तान्तरण

बोलीखबर   ४ असार २०८०, सोमबार १५:०६

पाल्पा। पाल्पाको रामपुर अस्पताललाई ५ वटा डाइलासिस मेसिन हस्तान्तरण गरेकाे  छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट टेकुले रामपुर अस्पताललार्इ  ५ वटा डाइलासिस मेसिन र १ सेट आरओ प्लाण्ट सामाग्री प्रदान गरेको हो ।

रामपुर अस्पताल बाट डाइलासिस सेवा विस्तार गरि यस भेगका जनतालाई सहज र सरल डायलियस सेवा प्रदान गर्ने उद्देश्यका साथ रामपुर अस्पताललाई महाशाखाले आइतबार मेसिन प्रदान गरेको हो  । महाशाखाको कार्यालय टेकु काठमाडौं बाट महाशाखा प्रमुख डाक्टर सर्वेश शर्माले रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, नेपाली कांग्रेसका यूवा नेता तथा अन्तर्राष्ट्रिय वि.पि. चिन्तन प्रतिस्थानका अध्यक्ष सन्दिप राना, रामपुर अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल र रामपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर विजय परियारलाई हस्तान्तरण गरेकाे हो ।

मेशिन ग्रहण गर्दै रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापाले रामपुर अस्पताल व्यवस्थापन गर्नका लागि रामपुर नगरपालिका सदैवका लागि पर्ने प्रतिवद्धता जनाउँदै डाएलिसिस मेसिन सुचारु भई सकेपछि गण्डकीबेशी क्षेत्रका जनतालाई ठूलो राहत मिल्ने बताएका थिए । रामपुर अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले मेसिन प्राप्त गर्नका लागि सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरुमा धन्यवाद ज्ञापन गर्दै अस्पताल बाट सेवा प्रवाह गर्नका लागि आवश्यक व्यवस्थापनका कार्य गर्ने बताएका थिए ।

नेपाली कांग्रेसका युवा नेता एवं अन्तर्राष्ट्रिय वि. पि. चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले पाल्पा मात्र नभई तनहँु, स्याङ्जा, नवलपुर, नवलपरासी, गुल्मी र अर्घाखाँचीका जनतालाई समेत सेवा दिन सक्ने गरी आवश्यक पूर्वाधार तयार तयार गर्नु आवश्यक रहेको बताउँदै अगामी दिनमा रामपुर अस्पताललाई ट्रमा सेन्टर तथा बहुविशेषज्ञ सेवा सहित अगाडि बढाउनु पर्ने बताएका थिए । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डाक्टर सर्वेश शर्माले मेसिन सही रुपमा सदुपयोग गरी मृगौलाका विरामीलाई सहज रुपमा सेवा प्रदान गर्न आग्रह गरेका थिए ।