
पाल्पा । नगर भित्रका क्याम्पस, सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको लागि पाल्पाको रामपुर नगरपालिकाले छात्रवृत्ति वितरण गरेको छ । मेयर छात्रवृत्ति कार्यक्रम मार्फत कक्षा १ देखि स्नातकोत्तर अध्ययरत ६७ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको हो ।
रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले विद्यार्थीहरुमा उत्प्रेरणा र उत्साह जगाउन छात्रवृति वितरण गरिएको बताइएकाे छ । शिक्षा प्रदान गर्नका लागि नगरपालिका प्रतिवद्ध रहेको बताउँदै नगरले यसै वर्ष बाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई चिकित्साशास्त्र तथा प्राविधिक शिक्षा ग्रहणका लागि नगरले सहयोग गर्न लागेको बताए । साना कक्षा देखि ठुला कक्षामा पढ्ने विद्यार्थीलाई छनौट गरेर छात्रवृत्ति वितरण गरिएको गरेकाे बताए । विगतका वर्षमा विद्यालय तथा क्याम्पसको खातामा पठाएर छात्रवृत्ति वितरण गर्ने गर्दै आएकोमा यस वर्ष नगरपालिका बाटै छात्रवृति प्रदान गरेकाेछ ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले कार्यविधि बनाएर छात्रवृत्ति वितरण गरिरहेको बताउदै विद्यार्थी छनौट गर्दा छात्रवृत्ति रकम सहिउपयोग हुने गरी विद्यार्थीलाई सिफारिस गर्न अनुरोध गरेकाे छ । कार्यक्रमले नगर भित्र दक्ष र स्वालम्बी नागरिक निर्माणमा टेवा मिल्ने बताइन् । शहीद बहुमुखी क्याम्पस रामपुरका क्याम्पस प्रमुख मुरारी काफ्लेले छात्रवृति कार्यक्रमले विद्यार्थीहरुमा थप उत्साह जगाएको र सकारात्मक प्रभाव परेको बताए ।
कार्यक्रमका अध्यक्ष नगरपालिकाका प्रमुख लेखनाथ न्यौपानेले दक्ष जनशक्ति उत्पादन गर्न शैक्षिक क्षेत्रमा लगानी संगै, निशुल्क लोकसेवा कक्षा संचालन, छात्रवृत्ति वितरण तथा विद्यालयमा विभिन्न सामग्री सहयोग नगरपालिकाले गरिरहेको बताउदै लगनशील भएर पढ्न विद्यार्थीलाई अनुरोध गरेका थिए ।
नगरपालिकाले कक्षा १ देखि स्नातकोत्तर अध्ययनरत ६७ जना विद्यार्थीहरुहरुलाई ६ हजार २ सय देखि ३० हजार सम्म छात्रवृति प्रदान गरेको हो । विद्यार्थी एवं प्रधानाध्यापकहरुको उपस्थितिमा छात्रवृत्ति प्रदान गरिएको हो । ७ लाख ४८ हजार ६ सय ५० रुपैयाँ बराबरको छात्रवृति विद्यार्थीहरुलाई प्रदान गरिएको हो ।