
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सकका अनुसार आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पी।एस।पी।०’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
पत्नीसँगै प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका थिए । अन्य विशिष्ट व्यक्तित्वहरु र पार्टी कार्यकर्ताहरु पनि अस्पताल परिसर पुगेका छन् ।
आजै अन्त्यष्टि गरिने
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको आजै अन्त्यष्टि गरिने भएको छ । दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहालको अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार अन्त्यष्टिअघि ११ बजेदेखि १ बजेसम्म सीताको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि माओवादी पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ ।