कालीगण्डकीमा हाम फालेर एक बालिका बेपत्ता

बाेलीखबर   १० श्रावण २०८०, बुधबार १५:४२

पाल्पा । कालीगण्डकीमा हाम फालेर स्याङ्जाको चापाकोट–७ का एक बालिका बेपत्ता भएको छ । स्याङ्जा चापाकोट नगरपालिका वडा नं–७ गाम्रेछाप बस्ने कृष्ण दर्जीको छोरी बर्ष १६ को सजनी परियार बेपत्ता भएको हो ।

बुधबार विहान ११ बजे स्याङ्जाको चापाकोट नगरपालिका–७ र पाल्पाको रामपुर नगरपालिका–४ जोड्ने झोलुङ्गे पुल बाट हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झोलुङ्गे पुलमा उनले लगाएको चप्पल फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जनाएकाे छ ।

वेपत्ता भएको खबर पाउनसाथ प्रहरी अधिकृत सहितको खोजतलास टोलीले खोजी गरिरहेको र हाल सम्म फेला नपरेको प्रहरीले जनाएको ले खोजी गरिरहेको र हाल सम्म फेला नपरेको प्रहरीले जनाएको छ ।