
पाल्पा । रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर नगरपालिका वडा न. ५ बेझाँड पाल्पाको नबनिर्मित व्यवसायिक भवन उद्घाटन तथा कार्यालय सेवा शुभारम्भ गरेकाे छ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य एब संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठले सहकारी यस क्षेत्रकै नमुना सहकारीको रुपमा स्थापित भएको बताए । श्रेष्ठले झोलाबाट संचालित सहकारी आज सुबिधासम्पन्न लिफ्ट सहितको आफ्नै भवनबाट सेवा सन्चालन भएकोमा धेरै खुसी लागेको बताए ।
सहकारीका संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठले सामाजिक क्षेत्रमा पनि धेरै महत्त्वपूर्ण काम गर्दै आएको सहकारीले प्रबिधिमैत्री सेवा, सेयर सदस्य दुर्घटना बिमा, सेयर सदस्य मृत्यु हुँदा सम्मान स्वरुप १५ हजार प्रदान गर्ने ब्यबस्था लगाएत थुप्रै सेवा सुबिधा प्रदान गरेको बताए ।
कार्यक्रममा विशिष्ट अतिथि रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले यो सहकारी रामपुरकै गहनाको रुपमा बिकाश हुँदै गएको र सबै सेयर सदस्यहरुलाई भरपर्दो सेवासुबिधा दिएकाे बताएका थिए । थापाले सहकारीलाई यो स्थानसम्म ल्याइपुर्याउन सहकारीमा आबद्ध सबैले खेल्नुभएको भुमिकाको प्रशंसा गरे ।
कार्यक्रममा जेष्ठ नागरिक मंच पाल्पाका अध्यक्ष देबराज ढकाल , रामपुर नगरपालिका वडा न. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देबकोटा, रामतुलसी माध्यमिक बिद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल लगायतले आफ्नाे भनाइ राखेका थिए ।
संस्थाका कोषाध्यक्ष बाबुराम श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष गुरुप्रसाद रेग्मीले सहकारीको बारेमा जानकारी दिदै २०५७ सालमा स्थापना भएको सहकारीको २०६५ सालमा चन्द्रज्योति बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण भई २०६५ सालदेखि बिधिवतरुपमा एकिकृत कारोबार गरेको बताए ।
अध्यक्ष रेग्मीले १४ आना क्षेत्रफलमा फैलिएको भवनको २०७६ साल कार्तिक १६ गते सिलान्यास गरि निर्माण सुरु गरिएको बताउँदै भवनको कुल लागत २ करोड २५ लाख ३३ हजार रहेको जानकारी दिए ।
कार्यक्रमका अबसरमा भवन निर्माण गरि सप्पन्न गर्ने निर्माण कम्पनीहरु लगायत भवन निर्माण उपसमितिका संयोजक तथा सदस्यलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो । सहकारीले सदस्य दुर्घटना विमा कार्यक्रम मार्फत रामपुर ५ का प्रेमलाल डोटेलको परिवारलाई एक लाख रुपैयाँ प्रदान गरेको छ साथै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) रामपुर शाखा प्रमुख डोलराज श्रेष्ठको उपस्थितिमा स्वर्गीय डोटेलको श्रीमति सरस्वती डोटेललाई चेक प्रदान गरिएको हो ।
२०५७ सालमा रामपुर नगरपालिका वडा न. ५ बेझाँडमा भाडाकाे घरमा सन्चालन भएको सहकारीको हाल आफ्नै पाँच तले लिफ्ट सहितको सुबिधासम्पन्न भवन बनेको छ ।
सहकारीमा हाल चार हजार तीन सय १६ शेयर सदस्य तथा एक हजार ८९ बालबचतकर्ता आवद्ध रहेका छन् । सहकारीको शेयर पुँजी पाँच करोड ५२ लाख र कुल पुँजी ५८ करोड ४९ लाख रहेको व्यवस्थापक रामचन्द अधिकारीले जानकारी दिए ।
कार्यक्रम संस्थाका सचिब कृतिनाथ श्रेष्ठले संचालन गरेको थियो ।