अखिर काे हुन् त ? रामपुर नगरपालिकको उपमेयर उम्मेदवार दुर्गा देवि राना

बाेलीखबर   १५ बैशाख २०७९, बिहीबार ०७:०३

पाल्पा । नेकपा एमाले रामपुर नगर पालिकाको उपमेयरमा दुर्गा देवी राना लाई उमेद्वार बनाउने निर्णय गरेको छ । वैशाख १० गते सम्पन्न पार्टी प्रदेश कमिटीको सचिवालय वैठकले दुर्गा देवी रानालाई उपप्रमुख उठाउने निर्णय गरेको हो । एमालेले मेयरमा भने पेशागत तथा प्रगतिशिल कानुन व्यवसाय संगठनका केन्द्रिय उपमहासविच शिव अर्याललाई उठाउने निर्णय गरेको छ ।

पिता सुवेदार भग्वान सिं राना र माता खिना देवी राना को एक्लि छोरीको रुपमा साविक दर्छा गा.वि.स. वडा नं. ३ गिजिनडाँडा जन्म भई हाल रामपुर नगरपालिका वडा नं. ४ बाङ्गेपसल निवासि राना २०२८ पौष ६ गते जन्म भई सामाजिक काम गर्दै आइरहनु भएको छ । बाबा इन्डियन आर्मी भएका कारण जम्बु कश्मिरमा जन्मिनु भएको हो ।

बाल्यकाल इन्डियामै बिताउनु भएकी राना ९ वर्ष पश्चात नेपाल आउनु भएको थियो । १४ वर्षकै उमेरमै विहे भएसंगै संघर्ष गर्दै आफुलाई सामाजिक रुपमा स्थापित गर्नु भएको छ । टिकाराम राना संग विवाह भएर एक छोरी दुई छोरी जन्माउनु भएकी राना संघर्षशील महिला रहनु भएको छ । उहाँले २०५५ साल वैशाख २८ गते जुनतारा आमा समुह गठन गरी सामाजिक यात्रा सुरु गर्नु भएको हो । उहाँले जुनतारा आमा समुहको अध्यक्ष रहेर हालसम्म पनि काम भई रहेको छ । महिलाहरुलाई शसक्तिकरण गर्दै सामाजिक मुल प्रवाहमा ल्याउन आर्थिक सामाजिक रुपमा महिलालाई सशक्त बनाउदै आउनु भएको छ ।

२०६५ साल देखि २०७१ सालसम्म तत्कालिन दर्छा गा.वि.स. स्तरीय महिला सशक्तिकरणको अध्यक्ष रहि काम गर्नु भएको थियो । २०६५ साल देखि २०७१ सालसम्म तत्कालिन दर्छा गा.वि.स.स्तरीय आदिवासी जनजाति महासंघको सचिव रहि पछाडि परेका सिमान्तकृत वर्गलाई राज्यको मुल धारमा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएको थियो ।

२०७० सालमा नेकपा एमालेमा संगठित रहि सामाजिक परिवर्तनका लागि काम गर्दै आइरहनु भएको छ । २०६२÷०६३ को आन्दोलनमा महिलाहरुको तर्फबाट नेतृत्व गर्नु भएकी राना रामपुरमा महिला समाजसेवीको पहिचान बनाउनु भएको छ ।

बाल्यकालमा विद्यलाय जान नपाएकी राना पछि भने एस.एल.सि. परीक्षा दिनु भएको थियो । भुमि सम्बन्धि समस्या समाधान आयोगको पाल्पा जिल्ला सदस्य समेत रहनु भएको रानाले अव्यवस्थित बसोबास, भुमिहिन सुकुम्बासीका लागि आवश्यक पर्ने काम गर्नु भएको छ । संचार क्षेत्रमा पनि पूर्वी पाल्पाको पहिलो रेडियो सामुदायिक रेडियो रामपुरमा आजिवन सदस्य हुँदै समितिमा रहि योगदान पुर्याउनु भएको छ ।

मदन आश्रित स्मृति प्रतिष्ठान रामपुरको सदस्य रहनु भएकी राना गैर सरकारी संस्था महासंघ जिल्ला सदस्य, हेमावन्ति नेपालको केन्द्रिय सदस्य समेत रहनु भएको छ । सामाजिक रुपमा महिला, आदिवासी, जनजाति , दलित सीमान्तकृत वर्गलाई राज्यको मुल धारमा ल्याउन खटिरहने राना एकिकृत मगर उत्थान समाजको उपाध्यक्ष र नेपाल मगर संघ नगर स्तरीय वरिष्ठ उपाध्यक्ष भई काम गर्नु भएको थियो ।

२०७२ सालमा दर्छा कालिका मगर समुह स्थापना गरी संस्थापक अध्यक्ष रहि यत्रतत्र छरिएर रहेको मगरहरुलाई गोलवन्द गर्ने काम गर्नु भयो । पूर्वी पाल्पा नुमना विद्यालय श्री राम तुलसि मा.वि., सिताराम मा.वि.र कालिका मा.वि. मा समिति रहि शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्याउनु भएको छ ।

नेकपा एमालेमा संगठित भई भातृ संगठन अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीको अध्यक्ष पदमा रहि सामाजिक परिवर्तनका निम्ति र महिलालाई राजनीतिको मुल प्रवाहमा ल्याउन अहोरात्र खटिनु भएको छ । उहाँ नेकपा एमालेको तर्फबाट २०७४ सालमा स्थानीय निर्वाचनमा उपमेयर पदको उमेद्वारमा पराजित भएका थिए ।

२०७५ सालमा नेकपा एमालेको जिल्ला कमिटीमा मनोनित हुनुभए संगै उहाँ अहिले पनि पार्टीको जिल्ला कमिटीमा रहनु भएको छ ।
महिला तथा सामाजिक न्यायका निम्ति दिन रात नभनेर खट्ने राना हाल नेकपा एमालेको तर्फबाट उपमेयर पदको उमेद्वार रहनु भएको हो ।