नेपाल महिला संघ रामपुरको खुल्ला तीजगित प्रतियोगिता सम्पन्न

बाेलीखबर   १८ भाद्र २०७९, शनिबार १३:४०

पाल्पा। नेपाल महिला संघ रामपुर नगर कार्यसमितिको आयोजनामा २९ औं खुल्ला तीजगित प्रतियोगिता सम्पन्न भएको छ ।

रामपुर बेझाँड बजारमा भएको कार्यक्रम उट्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य सरस्वती अर्याल तिवारीले नेपाली कांग्रेस नेतृत्वको सरकारले जेष्ठ नागरिकहरुको सुरक्षा र भविष्यको सुनिश्चितता गर्ने बताएका छन्। उनले भावि सन्ततिको भविष्यका लागि सोचेर कांग्रेसलाई मतदान गर्न समेत अनुरोध गरेका छन्। साथै महिलाहरुलाई अधिकार सुनिश्चितताको लागि महिलाहरु जागरुक हुनु आवश्यक रहेको बताएका छन् ।

रामपुर नगरपालिकाका नगर प्रमुख एवं कांग्रेस महासमिति सदस्य रमण बहादुर थापाले तिजगित प्रतियोगिताले सचेतना संगै सरोकारवालाहरुलाई खबरदारी गरिरहेको बताएका छन्।

रामपुर क्षेत्रका विभिन्न स्थानका ९ समुहको सहभागीता रहेको प्रतियोगितामा प्रथम रामपुर ६ विजयुरकाे शोभा खनालको समूह, द्वितिय द युनिक गाईज किसानबारीको समूह, तृतिय प्रगतिशिल आमा समूह र सान्त्वना अाकृति घिमिरेको समूह र सीता पंगेनीको समूह भएको छ । विजयी समुहलाई क्रमश नगद १५ हजार,१० हजार ,७ हजार र ४ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको अवसरमा विगत देखि विशिष्ट योगदान दिने जेष्ठ महिलाहरुलाई सम्मान गरिएको थियो । साथै प्रतियोगिताका विच राष्ट्रिय लोक तथा दोहोरी गायक श्याम राना, गायिका बत्ती थापा र गायक मोहन खड्का लगाएतको बेजोड सांगितिक प्रस्तुति रहेको थियो । नेपाल महिला संघ रामपुर नगर समितिका सभापति सारदा आचार्यको अध्यक्षतामा भएको कार्यक्रम नेपाल महिला संघ रामपुरका उपसभापति सावित्रा गैह्रेको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी थापा र कल्पना सोमैले गरेका थिए।