रामपुरकाे गंगा माबिमा भुपु विद्यार्थी समाजले प्रवेशद्धार बनाउने

बाेलीखबर   २५ भाद्र २०७९, शनिबार ०८:३२

पाल्पा । गंगा माध्यामिक विद्यालय रामपुर नगरपालिका वडानम्बर ८ पाल्पामा भुपु विद्यार्थी समाजको सहयोगमा प्रवेशद्धारको निर्माण गरिने भएको छ ।

विद्यालयको दक्षिणपट्टि बन्ने प्रवेशद्धार भुपु विद्यार्थी समाजको पहलमा निर्माण गरिने भएपछि शुक्रबार शिलन्यास गरिएको छ । समाजका अध्यक्ष जनक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवान अर्यालले आफूले अध्ययन गरेको विद्यालयमा अहिले भुपु विद्यार्थी बनेर सहयोग गर्न पाउदाँ खुसी लागेको बताए ।

कार्यक्रममा पाल्पा कारागारका प्रमुख ठाकुर अर्यालले आफूले अध्ययन गरेको विद्यालयको प्रगतीमा सधैं खुसी लाग्नेमा जोड दिदै विद्यालयको विकासको लागी सधैं सहयोग गर्ने बताएका थिए । कार्यक्रममा रामपुर ८ का वडाअध्यक्ष दिनेश आचार्य, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नरनारायण अर्याल,नेपाल सरकारका पूर्व सह सचिव कृष्णप्रसाद पौडेल लगायतले गंगा माध्यामिक विद्यालयले विभिन्न तहमा पुर्याएका र गाउँमै रहेका विद्यार्थीहरु एक भएर गंगा मावीमा उदाहरणीय कार्य गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले विद्यालयको प्रवेशद्धार निर्माण, भुपु विद्यार्थीको गतिविधी र योजनाबारेमा बताउदै कार्यक्रमको संचालन शिक्षक बद्रि घिमिरेले गरेका थिए । प्रवेशद्धार निर्माणका लागी कृष्णप्रसाद पौडेल र प्रअ देवकोटाले १० १० हजार रुपैंया प्रदान गर्ने घोषणा गरेकाे थियाे ।

गंगा माध्यामिक विद्यालयमा अध्ययन गरेका तर बैदशिक रोजगारीमा गएका, देशका विभिन्न स्थानमा जागिर तथा पढाईको शिलशिलामा रहेका तथा गाउँमै भएको भुपु विद्यार्थीलाई एकिकृत गरी विद्यार्थी विचको एकता कायम गर्ने र गंगा माबिको विकासमा पहल गर्ने समाजको योजना रहेको सचिव मधुसुधन आचार्यले जानकारी दिएका थिए । समाजका अनुसार विद्यालय स्थापनादेखी अहिलेसम्म गंगामा पढेका विद्यार्थीलाई एककृत गर्न खोजिएको छ । प्रवेशद्धार निर्माणका लागि जसले जहाँ रहेपनि सहयोग गर्न सक्नेछन् ।