रामपुरमा बृहत लाखे नाच प्रर्दशनी (फाेटाेमा हेर्नुहाेस्)

बाेलीखबर   २५ भाद्र २०७९, शनिबार २१:१७

पाल्पा । नेवाः समाज रामपुर पाल्पाको आयोजनामा १२ औं बृहत लाखे नाच प्रर्दशनी सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सांसद युबराज खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि खनालले नेवार समुदायको संस्कार परम्परा संस्कृतिको जगेर्ना र पर्यटन प्रबर्द्धनका लागि थप टेवा पुगोस् भन्ने शभकामना मन्तब्य दिएका थिए । खनालले सबैमा भाइचारा र आफ्नोपन महसुस होस समय परिबर्तन संगै आधुनिकतामा रम्दै गर्दा आगामी पुस्ताले आफ्ना संस्कृति र परम्परालाई नभुलुन नेवारी समुदायलाई आग्रह गरेका थिए ।

१२ औं बृहत लाखे नाच प्रर्दशनी कार्यक्रममा नेवाः समाज रामपुरका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार राजु प्रसाद श्रेष्ठ, समाजसेवी तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी सन्दिप राना, उधोग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, रोटरी क्लव अफ रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठ लगाएतले आ–आफ्ना भनाइ सहित शुभकामना व्यक्त गरेका थिए ।

नेवाः समाज रामपुरले कार्यक्रममा ८३ बर्सिय टेक बहादुर श्रेष्ठ र ८१ बर्सिय टीका माया श्रेष्ठलाई दोसल्ला ओढाइ सम्मानपत्रले ज्येष्ठ नागरिकको सम्मान गरेका थिए ।

लाखे नाच प्रर्दशनीमा स्याङ्जा, तनहुँ र पाल्पा गरि २३ वटा समुहले कार्यक्रममा सहभागिता जनाएको थियो । सहभागी समूहलाई प्रमाणपत्र र नगद परस्कार वितरण गरेको थियोे ।
नेवाः समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षता र कोषाध्यक्ष राजकुमार श्रेष्ठको स्वागत मन्तव्य तथा सचिब बिमल श्रेष्ठको सन्चालन गर्नुभएको थियो ।

तस्बिरः प्रेमकान्छा मगर