देश परिवर्तनका लागि मेरो उम्मेदवारीः स्वतन्त्र उम्मेदवार इन्जिनियर विपिन कंडेल

बाेलीखबर   ३० भाद्र २०७९, बिहीबार ११:४१

पाल्पा । प्रतिनिधि सभाका उम्मेदवार इन्जिनियर विपिन कंडेलले देश परिवर्तनका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । पाल्पा क्षेत्र नं १ का स्वतन्त्र पदमा आफनो उम्मेदवारी रहने बताएका हुन् ।

पाल्पाको रामपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा कडेले दलका केही व्यक्तिले गर्ने कार्यशैलीले देशमा राजनैतिक दलप्रती वितृष्णा रहेकाले देशको विकास र परिवर्तनको लागि स्वतन्त्र रुपमा आफुले उम्मेदवारी दिने बताएका हुन् ।
कडेलले कार्यदक्षतामा आधारित सरकारको नेतृत्व, विज्ञबाट राज्य सञ्चालन, नागरिकलाई आर्थिक रुपमा सम्पन्न बनाउन वित्तीय साक्षरता सहितका राष्ट्रिय तहका एजेन्डा लिएर जनतामाझ निस्केको उनले बताए ।

स्थानीय स्तरका मुद्दा अन्तर्गत आफुले निर्वाचन जिते पश्चात् संसदमा पाल्पा क्षेत्र नं १ को पहिचान गराउने गरी काम गर्ने, पर्यटकीय शहरका रुपमा रहेको पोखरासंग जोडिने सडक स्तरोन्नति, यहाँ ऐतिहासिक तथा धार्मिक सम्पदा प्रशस्त रहेकाले त्यसको विकास, विभिन्न जातजातिको संस्कृति संरक्षण गर्ने, पर्यटकीय सम्भावना बोकेका स्थलको विकास गर्ने उनका चुनावी योजना छन् ।

कार्यक्रममा स्याङ्जा क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवार बनेका सागर ढकालले गाउँ र देशको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए । ढकालले कालीगण्डकीको सभ्यता बचाउने, कालीनदी वारिपारिको रहनसहन सबै जोड्न र यहाँका मुद्दालाई राष्ट्रिय स्तरमा लैजान आफु उम्मेदवारी दिने ढकालले बताए ।