कामना सेवा विकास बैंक लिमिटेडले हुप्सेकोटमा खोल्यो शाखा

बोली खबर   ३ आश्विन २०७९, सोमबार ०५:५७

नवलपरासी । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उदेश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।
बैंकले सेवा विस्तार गर्ने क्रममा सोमबार नवलपुर जिल्लाको हुप्सेकोट गाँउपालिका वडा नं. ३ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो। कार्यक्रमा हुप्सेकोट गाँउपालिकाकी अध्यक्ष लक्ष्मीदेबि पाण्डे प्रमुख अतिथि रहनु भएको हो ।


कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डले ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास बढने बताउनु भयो । त्यस्तै हुप्सेकोट गाँउपालीकामा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा मात्र नभई शाखानै आवश्यक रहेको समेत बताउनु भयो ।

हुप्सेकोट गाँउपालिका वडा नं. ३ निवासी सन्जु गुरुङ्ग लाई शाखा सहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
हुप्सेकोट गाँउपालिकाकी अध्यक्ष लक्ष्मीदेबि पाण्डेले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घघटन गरी सेवा शुभारम्भ गर्नु भएको थियो ।कार्यक्रममा व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनछ ।
यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको कामना विकास बैकका क्षेत्रीय प्रमुख शिव कुमार ढकालले बताउनु बताउनु भयो ।
कार्यक्रमा हुप्सेकोट गाँउपालिका वडा नं. ३ का वडा अध्यक्ष बिष्णु बहादुर राना , प््रम बहादुर कार्की ,चुरा बहादुर गुरुङ्ग , व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्य कर्मचारीहरुक व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।