प्रमुख प्रशासकीय अधिकृतसंग फेरी भेटौला

बोली खबर   ४ आश्विन २०७९, मंगलवार ०४:१५

पाल्पा । रामपुर नगरपालिका वडा नं ६ पाल्पाले सम्मान सहित फेरि भेटौला कार्यक्रम गरेको छ । रामपुर नगरपालिकाबाट सरुवा भएर जान लाग्नु भएका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीलाई सोमबार सम्मान सहित बिदाई गरिएको हो ।
वडा सदस्य हरिनाथ ढुंगानाको स्वागत बाट सुरु भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई वडाको पहिचान झल्कने मायाको चिनो प्रदान गरिएको थियो । वडाध्यक्ष दिवाकर देवकोटाको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा वडाका जनप्रतिनिधि, पुर्व जनप्रतिनिधि, क्रियाशिल राजनैतिक दल, विभित्र संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागीता रहेको थियोे ।

कार्यक्रमको संचालन वडा सचिव बासुदेव ढकालले गर्नुभएको थियो ।