राष्ट्रपतिद्धारा नागरिकता विधेयक अस्वीकार

बाेलीखबर   ५ आश्विन २०७९, बुधबार १०:०१

काठमाडौँ। राष्ट्रपति विधादेवी भण्डारीले  नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । आज राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ ।

दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो । तर सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालय मौन बसेको हो ।