कर्तब्य र जिम्मेवारी पूर्वक काम गर्न प्रमुख प्रशासकिय अधिकृत न्यौपानेको निर्देशन

बाेलीखबर   ७ आश्विन २०७९, शुक्रबार १६:५२

पाल्पा । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानले कर्तब्य र जिम्मेवारीको पूर्ण पालना गर्दै सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । नगरपालिकामा आएकका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले शुक्रबार कर्मचारीहरु संगको परिचात्मक कार्यक्रममा यस्तो निर्देशन दिएकाे हो ।

न्यौपानेले नगरभित्र संचालित विभिन्न योजनाको गुणस्तरियतामा ध्यान दिई सही मुल्याङ्कन गर्नु पर्ने बताए । समग्र रामपुर नगरपालिकालाई सुशासन कायम गर्दै पारदर्शी ढंगबाट जनप्रतिनिधि संग समन्वय गरेर अगाडी बढ्न कर्मचारीहरुलाई अनुरोध समेत गरेका छन् ।