रामपुरमा युवाहरुकाे आर्थिक सहयाेगले बिजुली बत्ती बल्याे

बाेलीखबर   १५ आश्विन २०७९, शनिबार १३:५२

पाल्पा ।  रामपुर ३ जाल्पेमा जनज्याेति युवा क्लबले बैदेशिक राेजगारीमा रहेका युवाहरुकाे अार्थिक सहयाेग गरेकाेछ ।  गण्डकीढिक बाेटेगाँउ, जाल्पे, घट्टार, निस्दीखाेला, अधेरीखाेलामा ३८ वटा पाेल बिजुली बत्ती बाल्न सहयाेग गरेकाे हाे ।

सडक बत्तीकाे उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बैदेशिक राेजगारीमा आफुले कमाएकाे रकम कटाैती गरेर समाजकाे लागि सहयाेग गरेर सह्रानिय काम गरेकाेमा धन्यवाद दिएका छन् । साथै थापाले यसकाे निरन्तरताका लागि नगरपालिकाले जिम्मेवारी लिने र सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसकाे संरक्षण गर्ने काम स्थानियकाे भएकाे भन्दै अपराधिक घटना न्यूनिकरण र गाँउकाे सुरक्षाका लागि निरन्तरता दिन आग्रह गरेका छन् ।