निस्दीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

बाेलीखबर   ६ कार्तिक २०७९, आईतवार १४:०१

पाल्पा । निस्दीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । निस्दी गाउँपालिका – ३ , झिरुबास, झिरुदीको ३७ वर्षीय दान बहादुर राईको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।

बिहीबार राति साथीहरूसँग नजिकैको जंगलमा अरिङ्गाल पोल्न जाने क्रममा अरिङ्गालको टोकाइबाट राईको मृत्युु भएको स्थानीय चित्र बहादुर रानाले बताएका छन्  । अरिङ्गालले टोकेपछि राईलाई उपचारको लागि झिरुबास स्वाथ्य चौकी पुर्याएकोमा शनिबार बिहान मृत्यु भएको स्थानीय इमान सिं रानाले जानकारी दिएका थिए ।