पुर्बी पाल्पाको बिकास एमालेले गर्ने :आचार्य

  १४ कार्तिक २०७९, सोमबार १९:०५


कार्तिक १३ नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य उमेदवार नारायण आचार्य र प्रदेश सभा क्षेत्र नं १ क उमेदवार राजु श्रेष्ठ ले पुर्वी पाल्पाको निस्दी गा पाका विभिन्न वडाका मतदाता भेटघाट गर्नु भएको छ । निस्दिको बिकासमा लागिरहने बताउदै हिमाल पहाड तराई जोडिने भिमाद रामपुर अरुणखोला मोटरबाटो स्तरोन्नति गर्ने, १२ महिनै प्रत्येक टोलमा जान मिल्ने मोटरबाटो बिस्तार, ठाउँ ठाउँमा पक्की पुल निर्माण, बिजुलीको समस्या समाधान, एक घर एक खानेपानी धारा,जस्ता बिकासमा निरन्तर लाग्ने बताउनु भएको छ । यस्ता योजना पूरा गर्दौ  आफ्नो गाउँ आफै बनाउ भन्ने नारा सार्थक हुन एमालेको जित आवस्यक रहेको आचार्यले बताउनु भयो ।
२०५१ मा नेकपा एमाले सरकारले सुरु आफ्नो गाउँ आफै बनाउ अभियान बाट आज हरेक ठाउँ बिकासको गति लिएको बिकासको गति नै एमाले रहेको र त्यो अभियानलाई निरन्तरता दिनु पर्ने आचार्यको भनाइ छ।
प्रदेश सभा क्षेत्र नं १ क उमेदवार राजु श्रेष्ठले निस्दी ४ मित्यालको लामेदमार, मुढाबास, दुनिदमार, धक्रेदमार, भुटिकोन लगायत ठाउँहरुमा कृषि तथा पशुपालनको प्रचुर सम्भावना भएको श्रेष्ठले बताउनु भयो । अब निस्दीको खेतीयोग्य ठाउँहरुको माटो परिक्षण गरि योग्य कृषि खेती गरि आत्मा निर्भर बन्ने हुने बताउनु भयो ।

मतदाताले आफ्नो समस्या राख्दै निस्दिको दुख बिजुली , फोन टावर नटिप्ने ,बाटो , पानी का कुरा उठाएका थिए । हरेक पटक बाचा गर्ने तर पूरा हुन नसकेको गुनासो गर्दै बाचा नबिर्सन समेत भनेका छन ।